1 year ago
August 31, 2024
एजेन्सी – बंगलादेशी बलर मेहेदी हसन मिराजले ५ विकेट लिए पछि पाकिस्तान मध्यम योगफलमा समेटिएको छ । पाकिस्तान दोस्रो टेस्टको पहिलो इनिङमा २ सय ७४ रनमा अल आउट भयो ।
वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो । दोस्रो दिन टस हारेर घरेलु टोलीले पहिले ब्याटिङ गरको थियो । टोलीका लागि सैयब अबयु, कप्तान शान मक्सुद र आगा सलमानले अर्धशतकीय पारी खेले ।
अबयुले सर्वाधिक ५८, कप्तान मक्सुदले ५७ र सलमानले ५४ रन बनाए । बाबर अजामले ३१, साउद सकिलले १६, खुरम शाहजादले १२ तथा अबार अहमदले ९ रन जोडे ।
पाहुना टोलीका मिराजले २२.१ ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए । तस्किन अहमदले ३ तथा नहिद राना र शकिब अल हसनले समान १ विकेट लिए । दोस्रो दिन शनिवार नाै पहिलो इनिङको ब्याटिङ सुरु गरेको पाहुना टोलीले कुनै विकेट नगुमाई १० रन जोडेको छ ।
ओपनरद्वय शाद्मान इस्लाम र जाकिर हसन क्रिजमा छन् । पहिलो टेस्टमा बंगालादेशले ऐतिहासिक जित हात पारेको थियो ।
टेस्ट क्रिकेटको इतिहासमा बंगलादेशले पाकिस्तानलाई पहिलो पटक पराजित गरेको थियो । त्यो खेल बंगलादेशले १० विकेटले जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]