1 year ago
September 1, 2024
एजेन्सी – जो रुटको कीर्तिमानी शतकको सहयोगमा इङ्ग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंकाले दोस्रो टेस्ट जितका लागि घरेलु टोलीबाट विशाल लक्ष्य पाएको छ ।
घरेलु टोलीले पहिलो इनिङमा २ सय ३१ रनको अग्रता बनाएको थियो । दोस्रो ईनिङमा घरेलु टोलीले २ सय ५१ रन थप्दै पाहुना टोलीका लागि ४ सय ८३ रनको विशाल लक्ष्य दिएको हो ।
घरेलु टोलीका लागि रुटले १ सय २१ बलमा १ सय ३ रनको शतकीय पारी खेले । रुटको टेस्ट क्रिकेटमा यो ३४औं शतक हो । रुट इङ्ग्ल्यान्डका लागि टेस्ट क्रिकेटमा सर्वाधिक शतक बनाउने सुचीको शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि एलेस्टर कुकले ३३ शतक बनाउँदै यो कीर्तिमानलाई कायम गरेका थिए । कुकले १ सय ६१ खेलमा ३३ शतक बनाएका थिए ।
रुटले १ सय ४५ खेलमा ३४ शतक बनाउँदै कुकको कीर्तिमानलाई तोडेका हुन् । रुटले पहिलो ईनिङमा समेत शतक बनाएका थिए । रुटले पहिलो पटक दुवै ईनिङमा शतक बनाएका हुन् । टेस्टमा सर्वाधिक शतक बनाउने खेलाडीको शीर्ष स्थानमा भने भारतका सचिन तेन्दुल्कर छन् । सचिनले २ सय खेलमा ५१ शतक बनाएका छन् ।
ह्यारी ब्रुकले ३७, जेमी स्मिथले ३७, बेन डुकेटले ३४ तथा गस एटकिन्सनले १४ रन बनाए । पाहुना टोलीका लागि अशिथा फर्नान्डो र लाहिरु कुमाराले समान ३ तथा प्रबात जयसुर्या र मिलन रत्नायकेले समान २ विकेट लिए ।
शनिबार नै विशाल लक्ष्य पछ्याउन सुरु गरेको पाहुना टोलीले तेस्रो दिनको खेल सकिँदा २ विकेट गुमाएर ५३ रन जोडेको छ । पाहुना टोली लक्ष्यबाट ४ सय ३० रन टाढा रहेको छ ।
पहिलो इनिङमा पाहुना टोलीले १ सय ९६ रन मात्र जोड्यो । टोलीका कमिन्डु मेन्डिसले सर्वाधिक ७४ रन जोडे । दिनेश चन्डिमलले २३, एन्जेलो म्याथ्युजले २२, मिलन रत्नायकेले १९ तथा पथुम निशंकाले १२ रन बनाए ।
घरेलु टोलीका लागि म्याथ्यु पोट, क्रिस वोक्स, गस एटकिन्सन र ओली स्टोनले समान २ तथा शोयव बसिरले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले पहिलो इनिङमा ४ सय २७ रनमा बनाएको थियो ।
घरेलु टोलीका लागि गस एटकिन्सन र जोय रुटले शतकीय पारी खेलेका थिए । रुटले २ सय ६ बलमा १ सय ४३ रनको शतकीय पारी खेले ।
एटकिन्सनले १ सय १५ बलमा १ सय १८ रन बनाएका थिए । एटकिन्सनको यो पहिलो टेस्ट शतक रहेको थियो । ओपनर बेन डुकेटले ४०, ह्यारी ब्रुकले ३३, जेमी स्मिथ र म्याथ्यु पोटले समान २१ तथा ड्यान लरेन्सले ९ रन जोडे ।
पाहुना टोलीका लागि पहिलो इनिङमा अशिथा फर्नान्डोले ५, लाहिरु कुमारा र मिलन रत्नायकेले समान २ तथा प्रबात जयसुर्याले १ विकेट लिए । पहिलो टेस्ट घरेलु टोलीले ५ विकेटले जितेको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]