default_image

1 year ago

September 2, 2024

बंगलादेशलाई पाकिस्तानको सामान्य लक्ष्य

835 views

0 Bookmark

एजेन्सी – बंगलादेशले दोस्रो टेस्टमा पाकिस्तानबाट सामान्य लक्ष्य पाएको छ । दुई खेलको टेस्ट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट जित्नका लागि १ सय ८५ रनको लक्ष्य पाएको छ ।

घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता बनाएको थियो । टोलीले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो ।

उसका लागि आगा सलमानले सर्वाधिक ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सैयब अबयुले २० रन जोडे ।

बंगालादेशका हसन महमुदले १४.३ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नहिद रानाले ४ तथा टस्किन अहमदले १ विकेट लिए ।

सोमबार नै लक्ष्य पछ्याउन थालेको बंगलादेशले चौथो दिनको खेल सकिदा कुनै विकेट नगुमाई ४२ रन बनाएको छ । पाहुना टोली ऐतिहासिक रुपमा सिरिज जित्नका अब लागि १ सय ४३ रन टाढा छ ।

लिटन दासको शतकको मद्दतमा पाहुना टोलीले पहिलो इनिङमा मध्यम योगफल तयार गरेको थियो । बंगालादेश पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो ।

बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।

मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।

वर्षाका कारण पहिलो दिन टस समेत नभई खेल रद्द भएको थियो । दोस्रो दिन टस भएको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.