default_image

1 year ago

September 3, 2024

एजुकेशन प्लानेटलाई‌ सिएमसी कर्पोरेट कप उपाधि

463 views

0 Bookmark

चितवन(हाम्रो खेलकुद) – एजुकेशन प्लानेटले सिएमसी कर्पोरेट कप इण्डोर क्रिकेटको उपाधि जितेको छ ।

भरतपुर–३ स्थित क्यासी स्पोर्टस् एण्ड रिक्रियशनल सेन्टरमा सोमवार सम्पन्न रोमाञ्चक फाइनलमा सेन्ट्रल कलेजलाई ८ रनले पराजित गर्दै प्लानेटले उपाधि जितेको हो ।

जितका लागि अन्तिम ओभरमा सेन्ट्रल कलेजलाई २३ रन आवश्यक रहेकोमा १४ रन मात्रै जोड्न सक्यो । उपाधिसंगै प्लानेटले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । सेन्ट्रल कलेजले २५ हजार रुपैयाँ पायो ।

विजेता र दोस्रो टोलीका खेलाडीलाई चितवन मेडिकल कलेज (सिएमसी)का निर्देशक दयाराम लम्साल, चितवन जिल्ला क्रिकेट संघ (सिएसी) का सल्लाहकार तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल, सिएसीका अध्यक्ष सुदिप पियाले पुरस्कृत गरे ।

सिएमसीका निर्देशक लम्सालले सफलता पूर्वक प्रतियोगिता सम्पन्न गरेकोमा सिएसीलाई धन्यवाद ज्ञापन गरे । उनले भविष्यमा पनि क्रिकेट खेलमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

सिएसीका सल्लाहकार पौडेलले भविष्यमा प्रतियोगिता आयोजना गर्दा सबैबाट यस्तै सहयोग आवश्यक रहनेमा जोड दिए।

सिएसीका अध्यक्ष पियाले संघले पहिलोपटक यस किसिमको प्रतियोगिता गर्दा सबैको साथ र सहयोगले सफल भएको भन्दै खुसी व्यक्त गरे ।

संघले यो वर्ष वार्षिक क्यालेन्डर नै प्रकाशन स्मरण गर्दै पियाले चितवनमा क्रिकेट गतिविधि बढाउन सिएसी हरदम तयार रहेको बताए । सिएसीका सचिव सुरज ज्ञवालीले सबैलाई धन्यवाद दिए ।

सिएसीको‌ आयोजना र सिएमसीको मुख्य प्रायोजनामा भदौ १४ गतेदेखि १७ गतेसम्म चलेको प्रथम ‘सिएमसी कर्पोरेट कप’ इण्डोर लिग क्रिकेटमा चितवन र नवलपुरका कुल १६ वटा कर्पोरेट टोलीले भाग लिएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.