1 year ago
September 3, 2024
एजेन्सी – बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ऐतिहासिक रुपमा जितेको छ ।
पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटको जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा परेको हो । पहिलो टेस्ट पाहुना टोलीले १० विकेटले जितेको थियो ।
घरेलु टोलीले दिएको १ सय ८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम मंगलवार ४ विकेट गुमाएर पूरा गयो ।
बंगालादेशका जाकिर हसनले सर्वाधिक ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मान इस्लामले २४ तथा मुस्फिकुर रहिमले २२ रन बनाए । पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान १ विकेट लिए ।
घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो । उसले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो । उसका लागि आगा सलमानले सर्वाधिक ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सैयब अबयुले २० रन जोडे ।
पाहुना टोलीका लागि हसन महमुदले १४.३ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नहिद रानाले ४ तथा तस्किन अहमदले १ विकेट लिए ।
लिटन दासको शतकको मद्दतमा पाहुना टोलीले पहिलो इनिङमा मध्यम योगफल तयार गरेको थियो । पाहुना टोली पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो ।
बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो ।
सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।
मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर घरेलु टोलीले ब्याटिङको निम्तो पाएकोमा २ सय ७४ रनमा अल आउट भएको थियो । घरेलु टोलीका सैयब अबयु, कप्तान शान मक्सुद र आगा सलमानले अर्धशतकीय पारी खेले ।
अबयुले सर्वाधिक ५८, कप्तान मक्सुदले ५७ र सलमानले ५४ रन बनाए । बाबर अजामले ३१, साउद सकिलले १६, खुरम शाहजादले १२ तथा अबार अहमदले ९ रन जोडे ।
पाहुना टोलीका मिराजले २२.१ ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए । तस्किन अहमदले ३ तथा नहिद राना र शकिब अल हसनले समान १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]