default_image

1 year ago

September 3, 2024

पाकिस्तानविरुद्ध बंगलादेशलाई ऐतिहासिक टेस्ट सिरिज

804 views

0 Bookmark

एजेन्सी – बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज ऐतिहासिक रुपमा जितेको छ ।

पाकिस्तान भ्रमणमा रहेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटको‌ जित निकाल्दै सिरिज २-० ले आफ्नो पक्षमा‌ परेको हो । पहिलो टेस्ट पाहुना टोलीले १० विकेटले जितेको थियो ।

घरेलु टोलीले दिएको १ सय ८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम मंगलवार ४ विकेट गुमाएर पूरा गयो ।

बंगालादेशका जाकिर हसनले सर्वाधिक ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मान इस्लामले २४ तथा मुस्फिकुर रहिमले २२ रन बनाए । पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान १ विकेट लिए ।

घरेलु टोलीले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो । उसले दोस्रो इनिङमा १ सय ७२ रन मात्र थप्न सक्यो । उसका लागि आगा सलमानले सर्वाधिक ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सैयब अबयुले २० रन जोडे ।

पाहुना टोलीका लागि हसन महमुदले १४.३ ओभरमा ४३ रन खर्चिएर ५ विकेट लिए । नहिद रानाले ४ तथा तस्किन अहमदले १ विकेट लिए ।

लिटन दासको शतकको मद्दतमा पाहुना टोलीले पहिलो इनिङमा मध्यम योगफल तयार गरेको थियो । पाहुना टोली पहिलो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो ।

बंगालादेशका दासले २ सय २८ बलमा सर्वाधिक १ सय ३८ रनको शतकीय पारी खेले । बंगलादेश एक समय २६ रन बनाउदा ६ विकेट गुमाएर खराब अबस्थामा पुगेको थियो ।

सातौं विकेटका लागि मेहेदी हसन मिराज र दासले १ सय ६५ रनको महत्वपुर्ण साझेदारी गरेर पाहुना टोलीलाई मध्यम योगफलसम्म पुर्याए ।

मिराजले १ सय २४ बलमा ७८, हसन महमुदले नट आउट १३ तथा शाद्मान इस्लामले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका खुर्रम शाहजादले २१ ओभरमा ९० रन खर्चिएर ६ विकेट लिए । मिर हम्जा र आगा सलमानले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर घरेलु टोलीले ब्याटिङको निम्तो पाएकोमा २ सय ७४ रनमा अल आउट भएको थियो । घरेलु टोलीका सैयब अबयु, कप्तान शान मक्सुद र आगा सलमानले अर्धशतकीय पारी खेले ।

अबयुले सर्वाधिक ५८, कप्तान मक्सुदले ५७ र सलमानले ५४ रन बनाए । बाबर अजामले ३१, साउद सकिलले १६, खुरम शाहजादले १२ तथा अबार अहमदले ९ रन जोडे ।

पाहुना टोलीका मिराजले २२.१ ओभरमा ६१ रन खर्चिदै ५ विकेट लिए । तस्किन अहमदले ३ तथा नहिद राना र शकिब अल हसनले समान १ विकेट लिए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.