1 year ago
September 4, 2024
एजेन्सी – ब्रेन्डन म्याकुलम इङ्ग्ल्यान्ड क्रिकेटको तीनै फर्म्याटमा मुख्य प्रशिक्षक हुने भएका छन् ।
आगामी वर्षको जनवरी बाट सन् २०२७ को अन्त्य सम्मका लागि म्याकुलमलाई इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड(इसिबी) ले सो जिम्मेवारी दिएको हो ।
टेस्ट क्रिकेटमा सन् २०२२ देखि नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका म्याकुलमले टि ट्वान्टी र ओडिआईको नयाँ जिम्मेवारी पनि पाएका हुन् ।
भारत भ्रमणबाट म्याकुलमको नयाँ जिम्मेवारीको सुरुवात हुनेछ ।
अर्को बर्ष पाकिस्तानमा हुने आइसिसी च्याम्पियन्स ट्रफी मुख्य प्रशिक्षकको जिम्मेवारीमा म्याकुलमको पहिलो ठूलो प्रतियोगिता हुनेछ ।
जनवरीमा म्याकुलमले कार्यभार सम्हाल्नुअघिसम्म अन्तरिम रूपमा पुरुष टोलीको मुख्य प्रशिक्षकका रुपमा मार्कस ट्रेस्कोथिक रहने छन् । म्याकुलमले आफू नयाँ चुनौती स्वीकार्न उत्साहित रहेको र सबै फर्म्याटमा एउटै प्रशिक्षकले धेरै अर्थ राख्ने बताए ।
‘मैले टेस्ट टोलीसँग बिताएको समयको पूर्ण आनन्द उठाएको छु र ओडिआई र टि ट्वान्टीको पनि जिम्मेवारी पाउँदा उत्साहित छु,’ म्याकुलमले इसीबीको विज्ञप्तिमा भने ‘यो नयाँ चुनौती अँगाल्न तयार छु । जोस (बटलर) र टोलीसँग नजिकबाट काम गर्न उत्सुक छु जुन पहिले नै बलियो जगमा निर्माण भएको छ । एकीकृत कोचिंग संरचनाको विचारले विशेष गरी अर्को वर्षको खेल तालिकाहरुलाई धेरै सजिलो अर्थ बनायो ।’
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]