1 year ago
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग(एनपिएल) मा नेपाल टि ट्वान्टी प्रा लीले पोखराको फ्रेन्चाइजी खरिद गरेको छ ।
कम्पनीले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा फ्रेन्चाइजको स्वामित्व किनेको हो । एनपिएल सबैभन्दा बढी मुल्य पाउनेको शीर्ष स्थानमा पोखरा कै फ्रेन्चाइजी रहेको छ ।
काठमाडौं फ्रेन्चाईजी ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँ मा बिकेको छ । टिम छनोटका लागि भएको बिडिङमा कान्तिपुर पब्लिकेसन प्रा.लिले काठमाडौंको फ्रेन्चाइज किनेको हो ।
एनपिएलको अर्को टोली चितवनको टिको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले पाएको छ । चितवनको स्वामित्व १ करोड ७६ हजार १ हजार रुपैयाँ मा सिएमसीले किनेको हो ।
बिहीवार भएको बिडिङ मा अर्को टोली विराटनगरको स्वामित्व भने एम ए डी ड्रिम स्पोर्टसले पाएको छ । स्पोर्टसले १ करोड ५१ हजार रुपैयाँमा विराटनगरको स्वामित्व खरिद गरेको हो ।
फर्चुन हेल्थ कियरले लुम्बिनीको फ्रेन्चाइज पाएको किनेको छ। कियरले १ करोड ७६ लाख ४ रुपैयाँमा लुम्बिनी फ्रेन्चाइजीको स्वामित्व पाएको हो ।
ड्रिम्स स्पोर्टसले जनकपुरको फ्रेन्चाइजीको स्वामितव पाएको छ । उसले २ करोड ५ लाख रुपैयाँ मा जनकपुर फ्रेन्चाइजीको स्वामित्व किनेको हो ।
कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बिल्डर्सले पाएको छ । उसले १ करोड ११ लाख ७० हजार रुपैयाँ मा कर्णालीको स्वामित्व खरिद गरेको हो ।
इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व पाएको छ । उसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा सुदुरपश्चिमको स्वामित्व किनेको हो ।
एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म हुनेछ ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]