default_image

5 days ago

September 6, 2024

नेपालको अन्तिम अभ्यास खेल आज

1251 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको तेस्रो तथा अन्तिम अभ्यास खेलमा आज खेल्दैछ ।

श्रीलंकामा नेपाली समय अनुसार खेल बिहान १०ः१५ बजे सुरु हुँदैछ । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

१६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका गएको हो ।

नेपाली क्रिकेट टोली

रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने।

September 10, 2024

यु १९ महिला टि ट्वान्टी विश्वकप छनोट युएईमा हुने

काठमाडौं( हाम्रो खेलकुद) – अर्को बर्ष हुने आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकपको एसिया छनोट युएईमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार विश्वकप एसिया छनोटको खेल तालिका जारी गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । खेलतालिका अनुसार नेपालको पहिलो खेल कात्तिक २१ गते थाईल्यान्डसॅंग र दोस्रो खेलमा […]

September 10, 2024

क्रिकेट टोलीमा फरक‌ भूमिकासहित टमाटाको पुनरागमन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली क्रिकेटका सफल प्रशिक्षक जगत टमाटा राष्ट्रिय क्रिकेट टोलीमा फरक‌ भूमिकामा फर्किएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले टमाटालाई कन्सल्टेन्ट प्रशिक्षकको जिम्मेवारी दिएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ कार्यक्रममा मंगलवार क्यानका सचिव पारस खड्काले टमाटालाई विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा हुने दुई सिरिजको लागि जिम्मेवारी दिएको बताए। क्रिकेट टोली […]

September 10, 2024

क्रिकेट टोली आज क्यानडा जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ(क्यान) ले क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलवार बिदाइ गरेको छ । टोली आज साँझ क्यानडा तर्फ जानेछ। विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली, नेपाल र ओमान सहभागी हुँदैछन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० […]

Success

Thank you for your time.