default_image

1 year ago

September 6, 2024

नेपालले दियो १ सय ६० रनको लक्ष्य

6845 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ लाई जितका लागि १ सय ६० रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १ सय ५९ रन बनाउदै अल आउट भयो । नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ तथा कुशल मल्लले ३५ रन जोडे ।

आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे । श्रीलंका डेभलभमेन्ट ११ का लागि गरुका संकेथाले ४ विकेट लिए ।

डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।

१६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका गएको हो ।

नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी गरिरहेका छन् । कप्तान रोहित र दीपेन्द्र सिंह ऐरी हाल क्यानडा छन्।‌

देव खनाल, सन्दीप लामिछाने, रिजन ढकाल, भीम सार्की र अर्जुन साउदले पनि यो खेलमा खेलेका छैनन् । उनीहरु अमेरिकाको भिसा प्रक्रियाका लागि नेपालमै रहेका छन् ।

नेपाली क्रिकेट टोली

आसिफ सेख, अनिल कुमार साह, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी(कप्तान), करण के सी, गुलशन झा, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.