1 year ago
September 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने भएको छ । हङकङ क्रिकेट सिक्सेस
नेपाली टोली सहभागी हुने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए ।
‘हङकङ क्रिकेट सिक्सेसमा नेपालले पहिलो पटक भाग लिने छ । लामो इतिहास भएको प्रतियोगितामा सहभागी हुन पाउनु खुसी विषय हो,’ प्रवक्ता लामाले भने, ‘ नेपालबाट कस्तो टोली सहभागी गराउने भन्ने बारेमा हामी पछि जानकारी गराउनेछौं ।’
प्रतियोगिताको १९औं संस्करण कात्तिक १६ देखि १८ गते सम्म हुनेछ । प्रतियोगिताको साविक विजेता दक्षिण अफ्रिका हो । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
नेपाली क्रिकेट टोली विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न मंगलवार मात्र क्यानडा प्रस्थान गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]