default_image

4 weeks ago

September 13, 2024

एनपिएलका ८ मार्की खेलाडीको घोषणा

3467 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को ८ टोलीका मार्की खेलाडीको नाम घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ सेख, कुशल भुर्तेल र कुशल मल्ललाई ८ मार्की खेलाडीका रुपमा घोषणा गरेको हो । अहिलेलाई पछिल्लो समयको प्रदर्शन हेरेर खेलाडीहरुको घोषणा गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

‘अहिले नेपाली राष्ट्रिय टोलीबाट पछिल्लो समयको प्रदर्शनको आधारमा खेलाडीको नाम घोषणा गरेका हौं,’ लामाले भने ‘केही दिनमा कुन खेलाडी कुन टोलीमा रहनेछन् त्यसको पनि घोषणा गर्ने छौं ।’

पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ । केही दिन अघि एनपिएलमा सहभागी रहने ८ फ्रेन्चाईजीलाई विभिन्न व्यापारीक घरानाहरुले आफ्नो स्वामित्वमा लिएका थिए ।

October 9, 2024

भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]

October 9, 2024

विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो स्कटल्यान्ड

एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]

October 9, 2024

हङकङ सिक्सेसमा नेपालको बलियो टोली सहभागी हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप […]

Success

Thank you for your time.