default_image

1 year ago

September 16, 2024

नेपाल र क्यानडाको यस्तो छ हेड टु हेड

1771 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार सोमवार बेलुका ७ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल ,क्यानडा र ओमानको पनि सहभागिता छ । नेपाल र क्यानडाबीच ओडिआईमा हालसम्म ३ पटक भेट भएकोमा तीनै खेल नेपालले जितेको छ ।

नेपाल क्यानडाबीचको यसै वर्षको सुरुमा भएको ३ खेलको ओडिआई सिरिजमा घरेलु टोली नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

यस्तो थियो ३ वटा खेल

पहिलो खेलमा नेपालले ७ रनको जित हात पारेको थियो । त्यो खेलमा नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा २ सय १७ रनमा अल आउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४ तथा ललितनारायण राजवंशीले २ विकेट लिएका थिए । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय २४ रन जोडेको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६२ तथा आरिफ शेखले ३८ रन बनाएका थिए । क्यानडाका लागि उदय भगवानले ३ तथा ईश्वरजित सोही र साद विन जाफरले समान २ विकेट लिएका थिए ।

सिरिजको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । क्यानडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । नेपालका लागि कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक पूरा गरेका थिए ।

रोहितले १ सय १ बलमा सर्वाधिक ८७ रन बनाएका थिए । देवले ८१ बलमा ७६ रन बनाउदा ओपनर अनिलले २० बलमा ५० रन बनाएका थिए । क्यानडाका लागि हर्ष ठाकर र ईश्वरजोत सोहिले समान २ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । नेपालका लागि रोहित र कुशल मल्लले समान २ विकेट लिएका थिए ।

तेस्रो भेटमा नेपालले ९ विकेटको सानदार जित हात पारेको थियो । क्यानडाले दिएको २ सय ३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि अनिल शाह र भीम सार्कीले शतक पूरा गरेका थिए । भीमले १ सय १ र अनिलले नट आउट रहँदै १ सय १२ रन बनाएका थिए ।

क्यानडाका लागि डिलोन हेलिङ्गरले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो । नेपालका लागि हेमन्त धामीले ३ तथा कुशल मल्लले २ विकेट लिएका थिए ।

नेपालले क्यानडाविरुद्ध खेलेको तीनै खेलमा शतप्रतिशत नतिजा निकाल्दा २ खेल लक्ष्य पछ्याउदै जितेको छ भने १ खेल पहिले ब्याटिङ गरेर जितेको छ । नेपालले जितेको तीनै खेल घरेलु मैदानमा खेलेको थियो ।

घरेलु मैदानमा त नेपालको नतिजा राम्रो नै छ तर यो खेलमा क्यानडासँगको खेल घर बाहिर हुने हुँदा नेपाललाई केही चुनौती हुन सक्छ । यसअघि नेपालले देश बाहिर १० वटा राष्ट्रमा ३८ खेल खेल्दा १५ खेल मात्र जितेको छ । घरेलु मैदानमा भने नेपालले २६ खेल खेल्दा १८ मा जित तथा ८ मा हार बेहोरेको छ ।

लिग टु अन्तर्गत २०२४ बाट २०२७ सम्म ३६ ओडिआई खेल्ने नेपालले ४ खेल खेलिसक्दा १ मा मात्र जित हात पारेको छ । त्यो एक जित पनि घरेलु मैदानमा आएको थियो ।

नेपालले लिग टुको यस पटकको सिरिजमा पहिलो पटक घरबाहिर खेल्दैछ । सन् २०१९ बाट २०२३ सम्म चलेको अघिल्लो लिग टुमा नेपालले घरबाहिर भएका २४ मध्ये ९ खेलमा जित हात पार्दा १३ खेलमा पराजित भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.