default_image

3 weeks ago

September 16, 2024

आरिफ बेन्चमा, नेपालले बलिङ गर्ने

2195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले क्यानडाविरुद्धको खेलमा आरिफ शेखलाई बेन्चमा राखेको छ ।

नेपालले अनिल शाह, आरिफ, रिजन र अर्जुन साउदलाई बेन्चमा राखेको छ । क्यानडाविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्दैछ ।

विश्व कप लिग टु अन्तर्गत नेपाल र क्यानडाबीचको खेल क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा भइरहेको छ।

त्रिकोणात्मक सिरिजमा नेपाल, क्यानडा र ओमान छन् । त्रिकोणात्मक ओडिआई सिरिज भदौ ३१ देखि असोज १० सम्म हुनेछ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालको दोस्रो खेल असोज २ गते ओमानसँग खेल्नेछ । तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध रहेको छ ।

ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ ।

नेपालको प्लेईङ-११

कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी

October 9, 2024

भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]

October 9, 2024

विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो स्कटल्यान्ड

एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]

October 9, 2024

हङकङ सिक्सेसमा नेपालको बलियो टोली सहभागी हुने

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप […]

Success

Thank you for your time.