1 year ago
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी विश्वकप लिग टु अन्तर्गत क्यानडासँगको खेलमा लगातार दुई विकेट गुमाएपछि नेपाल संकटमा परेको छ ।
नेपालले दुई बलको अन्तरमा कुशल मल्ल र सोमपाल कामीलाई गुमाएको छ । ६ रन जोड्दै विकेट गुमाएका सोमपाललाई डेब्यु गरिरहेका अन्श पटेलले आउट गराए । त्यसको एक बलअघि साद विन जाफरले कुशल मल्ललाई पेभेलियन फर्काएका थिए । उनले ११ रन जोडे ।
क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २६ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ९३ रन बनाएको छ ।
नेपालले पाँचौ विकेटका रुपमा दीपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो । क्यानडाका लागि पटेलको बलमा दीपेन्द्र ८ रन बनाउँदै आउट भए । यसअघि अर्का डेब्यु खेलाडी अखिल कुमारको बलमा भीम सार्की चौथो विकेटका रुपमा आउट भएका थिए । भीमले ३० बलमा १८ रन बनाएका थिए ।
नेपालको सुरुवाती ब्याटरहरुलाई हेलिन डेलिगरले आउट गराएका थिए । हेलिगरले नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा कप्तान रोहित पौडेललाई आउट गराए । ओपनर कुशललाई एलबिडब्लु आउट गराएका उनले आसिफलाई भने २० रनमा क्याच आउट गराए । कप्तान पौडेललाई मात्र ५ रनमा आउट गराए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]