default_image

1 year ago

September 17, 2024

विश्वकप विजेताले पाउने पुरस्कारमा वृद्धि

1021 views

0 Bookmark

एजेन्सी – अर्को महिनामा संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने महिला टि ट्वान्टी विश्वकपको विजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) का अनुसार यस पटकको विश्वकप विजेताले २३ लाख ४० हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप च्याम्पियन अस्ट्रेलियाले जितेको रकमको तुलनामा १ सय ३४ प्रतिशतले बढी हो । अस्ट्रेलियाले विश्वकप जित्दा १० लाख अमेरिकी डलर पाएको थियो ।

आइसिसीले यस संस्करणको विश्वकपमा कुल पुस्कार राशीमा २ सय २५ प्रतिशत वृद्धि गराएको छ । आइसिसीले महिला र पुरुष विश्वकपमा समान पुरस्कार प्रदान गर्ने पहलमा यो कदम चालिएको हो ।

आइसिसीले २०२४ को पुरुष टि ट्वान्टी विश्वकपको विजेता भारतले २४ लाख ५० हजार अमेरिकी डलर प्रदान गरिएको थियो । महिला विश्वकपमा सहभागी रहने टोली अनुसार पुरुषको तुलनामा यो पुरस्कार राशी धेरै नै बढी हो ।

पुरुष टि ट्वान्टी विश्वकपमा २० राष्ट्र सहभागी हुँदा महिला टि ट्वान्टी विश्वकपमा १० राष्ट्रको मात्र सहभागिता रहनेछ ।

२०२४ को महिला विश्वकपको उपविजेताले ११ लाख ७० हजार अमेरिकी डलर पाउनेछ । यो गत संस्करणको तुलनामा १ सय ३४ प्रतिशतमा नै वृद्धि भएको छ । गत वर्ष उपविजेता दक्षिण अफ्रिकाले ५ लाख अमेरिकी डलर पाएको थियो ।

२०२४ मा सेमिफाइनलमा पराजित दुई टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर पाउनेछन् । जुन अघिल्लो संस्करणमा २ लाख १० हजार अमेरिकी डलर थियो । सन् २०२४ मा सहभागी हुने सबै १० टिमले १ लाख १२ हजार ५ सय अमेरिकी डलर पाउने छन् ।

नवौं संस्करणको महिला टी ट्वान्टी विश्वकप ३ अक्टोबरबाट युएईमा सुरुवात हुँदैछ । बंगलादेशमा सुरक्षाको कारण देखाउदै प्रतियोगिता युएई सारिएको थियो ।

जसमा समूह चरणका लागि दुबई र शारजाहका खेलहरू समान रूपमा विभाजित भएका थिए । अस्ट्रेलियाले समूह चरणका चारमध्ये ३ खेल शारजाहमा खेल्नेछ भने भारतले ३ खेल दुबईमा खेल्नेछ ।

साविक विजेता अस्ट्रेलियाले अक्टोबर ५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भारतले आफ्नो पहिलो खेलमा दुबईमा न्युजिल्याण्डविरुद्ध खेल्नेछ । भारतले ६ अक्टोबरमा दुबई ईन्टरनेसनल क्रिकेट स्टेडियममा पाकिस्तानको सामना गर्नेछ ।

पहिलो सेमिफाइनल १७ अक्टोबरमा दुबईमा आयोजना हुनेछ । १८ अक्टोबरमा शारजहाँमा दोस्रो सेमिफाइनल आयोजना हुनेछ । प्रतियोगिताको फाइनल २० अक्टोबर दुबईमा हुनेछ । सेमिफाइनल र फाइनल दुवैलाई रिजर्भ डे रहेको छ ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र स्कटल्याण्ड छन् ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.