default_image

1 year ago

September 18, 2024

युएईको लगातार चौथो हार

1723 views

0 Bookmark

एजेन्सी – आईसिसी विश्वकप लिग टुमा युएईले लगातार चौथो हार बेहोरेको छ । नामिबियामा जारी रहेको लिग टु अन्तर्गतको सिरिजमा युएई अमेरिकासॅंग १० विकेटले पराजित भएको हो ।

युएई घरमा नै भएको लिग टुको पहिलो राउन्डमा क्यानडासॅंग २ र स्कटल्यान्डसॅंग १ खेलमा पराजित भएको थियो । स्कटल्यान्डसॅंगको अर्को खेल भने वर्षाका कारण सम्भव हुन सकेको थिएन ।

नामिबियामा बुधवार भएको खेलमा युएईले दिएको १ सय ६ रनको सामान्य लक्ष्य अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

अमेरिकाको जितमा ओपनर आन्द्रेस गौसले ५४ बलमा १२ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६६ रन बनाए ।

अर्का ओपनर स्मित पटेलले ४१ बलमा ५ चौकाको सहयोगमा ३८ रन जोडे । युएईले ५ बलरको प्रयोग गरे पनि कुनै विकेट भने लिन सकेन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको युएईले ३१.१ ओभरमा अल आउट हुदै १ सय ६ रन मात्र जोडेको थियो ।

युएईका लागि राहुल चोपराले सर्वाधिक ३२ तथा ओपनर आर्याशं शर्माले ३१ रन जोडे । अलि नासिरले २३ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अमेरिकाका लागि जसदिप सिंहले ४ तथा सौरभ नेत्राभाल्कर, मिलान्ड कुमार र नुस्तुश केन्जिगेले समान २ विकेट लिए ।

जितसॅंगै ८ टोली सहभागी लिगमा अमेरिका ८ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । युएई ४ खेलमा अंक बिहिन रहदै तालिकाको पुछारमा छ ।
नेपाल २ अंकका साथ सातौं स्थानमा छ ।

नेपालको खेल आजै रहेको छ । बेलुका ८ः४५ मा नेपालले ओमानसॅंग खेल्दैछ । सोमवार क्यानडासॅंग नेपाल १ सय ३ रनले पराजित गरेको थियो ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.