default_image

6 months ago

September 18, 2024

मेन्डिसको शतकमा श्रीलंका राम्रो सुरुवात

366 views

0 Bookmark

एजेन्सी – कमिन्डु मेन्डिसको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको राम्रो सुरुवात गरेको छ । दुई टेस्टको सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा रहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको छ । टोलीका लागि मेन्डिसले १ सय ७३ बलमा ११ चौकाको सहयोगमा १ सय १४ रन जोडेका थिए ।

कुशल मेन्डिसले ६८ बलमा ५०, एन्जेलो म्याथ्युजले ३६, दीनेश चन्डिमलले ३० तथा पथुम निशंकाले २७ रन बनाएका थिए । रमेश मेन्डिस १४ रनमा नट आउट रहँदा प्रबात जयसुर्याले उनलाई साथ दिईरहेका छन् ।

भ्रमणकारी टोलीका लागि विलियम ओरोर्केले ३, ग्लेन फिलिप्सले २ तथा अजाज पटेल र कप्तान टिम साउथीले समान १ विकेट लिए ।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.