1 year ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालका कप्तान रोहित पौडेल र आरिफ शेखले नेपालको इनिङ सम्हालिरहेका छन् ।
आरिफ र रोहितले चौथो विकेटका लागि ६० रनको साझेदारी पूरा गरेका छन् । नेपालका लागि १३.१ ओभरमा भीम सार्की आउट भएका थिए । नेपालले ३० ओभरको समाप्तीमा ३ विकेट गुमाएर रन बनाएको छ । आरिफ २८ र रोहित ३० रनमा छन् ।
नेपालका दुवै ओपनर अर्जुन साउद आसिफ शेख तथा भीम सार्की आउट भइसकेका छन् । साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । अर्जुन कलिमुल्लाहको बलमा फैयज बटबाट क्याच भएका थिए ।
अर्का ओपनर आसिफ शोयब खानको बलमा ११ औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउदै आउट भएका हुन् । नेपालले टस हारेर पहिले ब्याटिङ गरीरहेको छ ।
ओमानविरुद्धको खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ । सोमबार क्यानडासँगको खेलमा टिममा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]