default_image

1 year ago

September 21, 2024

विशाल लक्ष्य पछ्याउँदै बंगलादेश

1276 views

0 Bookmark

एजेन्सी – शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा भारतले बंगलादेशलाई पहिलो टेस्टको विशाल लक्ष्य दिएको छ । दुई टेस्ट सिरिजका लागि बंगलादेश टोली भारत भ्रमणमा छ ।

चेन्नईमा जारी टेस्टमा भारतले बंगलादेशलाई जितका लागि ५ सय १५ रनको लक्ष्य दिएको छ । दोस्रो इनिङमा भारतले ४ विकेटमा २ सय ८७ रन बनाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

लक्ष्य पछ्याउदै ब्याटिङ सुरुवात गरेको बंगालादेशले शुक्रवार तेस्रो दिनको‌ समाप्तीमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको छ । दुई दिनको खेल बाँकी रहँदा बंगालादेश ३ सय ५६ रनले पछि छ ।

कप्तान नजमल हसन शान्टो ५१ तथा शाकिब अल हसन ५ रन बनाउँदै नट आउट छन् । भारतका लागि पहिलो इनिङमा शतक बनाएका रविचन्द्रन आश्विनले ३ र जसप्रित बुमराहले १ विकेट लिए।

भारतका लागि दोस्रो इनिङमा गिलले नट आउट १ सय १९ रन बनाउँदा २१ महिना पछि टेस्ट टिममा पुनरागमन गरेका रिषभले १ सय ९ रन बनाए । केएल राहुल २२ रनमा नट आउट रहे ।

बंगालादेशले पहिलो इनिङमा १ सय ४९ रन मात्र बनाएपछि घरेलु टोलीले २ सय २७ रनको अग्रता बनाएको थियो । भारतले पहिलो इनिङमा ३ सय ७६ रन बनाएको थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.