1 year ago
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेटमा सहभागी नहुने भएका छन्।
भारतमा शुक्रवार सुरु लिजेन्ड लिगमा पारसले व्यस्तताका कारणले सहभागिता नजनाउने भएका हुन् ।
‘आज काठमाडौं जिल्ला क्रिकेट संघ तथा भोली बागमती प्रदेश क्रिकेट संघको साधारण सभा छ । दुई दिन यसैमा व्यस्त रहन्छु,’ नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारसले भने ‘नेपाल प्रिमियर लिग(एनपिएल) को पनि विभिन्न काम रहेकाले समय मिलाउन नसक्दा लिगमा सहभागिता जनाउन सकिएन ।’
पारस काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य तथा बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष समेत हुन् । पारसलाई गुजरात टिमले १२ लाख ५ हजार भारतीय रुपैयाँमा टोलीमा वेस प्राइसमा अनुबन्ध गरेको थियो ।
पारस आबद्ध गुजरातमा शिखर धवन, क्रिस गेल, असगर अफगान, लिन्डल सिमन्स लगायत खेलाडी आबद्ध छन् । लिगमा ६ टोलीले सहभागिता जनाउँदै छन् । पारस लिगको पहिलो संस्करणमा एसियन लायन्समा आबद्ध भएका थिए । पहिलो संस्करणको लिग कतारमा भएको थियो ।
पारसले नेपालका लागि १० ओडिआई र ३३ टि ट्वान्टी आई खेलेका थिए । उनले ३ वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्न्यास लिएका थिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]