default_image

1 year ago

September 22, 2024

आश्विनको अलराउन्ड प्रदर्शनमा भारतको जित

593 views

0 Bookmark

एजेन्सी – रविचन्द्रन आश्विनको पहिलो इनिङमा शतक तथा दोस्रो इनिङमा ६ विकेट लिएपछि भारतले बंगलादेशलाई २ सय ८० रनले पराजित गरेको छ।

भारतले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । ५ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेश दोस्रो इनिङमा चौथो दिन आइतवार २ सय ३४ रनमा अल आउट भयो ।

टोलीका कप्तान नजमल हसन शान्टोले सर्वाधिक ८२, ओपनर शद्मान इस्लामले ३५, अर्का ओपनर जाकिर हसनले ३३ तथा शकिब अल हसनले २५ रन जोडे ।

भारतका आश्विनले २१ ओभरमा ८८ रन खर्चिएर ६ विकेट लिए । रविन्द्र जडेजाले ३ तथा जसप्रित बुमराहले १ विकेट लिए ।

भारतका लागि दोस्रो इनिङमा शुभमन गिल र रिषभ पन्तको शतक सहयोगमा पाहुना टोलीलाई ५ सय १५ रनको विशाल लक्ष्य दिएको थियो ।

दोस्रो इनिङमा घरेलु टोलीले ४ विकेटमा २ सय ८७ रन बनाउदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

गिलले नट आउट १ सय १९ रन बनाउदा २१ महिना पछि टेस्ट टिममा पुनरागमन गरेका रिषभले १ सय ९ रन बनाएका थिए। बंगालादेशका मेहेदी हसन मिराजले २ तथा नहिद राना र तस्किन अहमदले समान १ विकेट लिएका थिए ।

पहिलो इनिङमा बंगालादेशले १ सय ४९ रन मात्र बनाउँदा भारतले २ सय २७ रनको अग्रता बनाएको थियो । बंगालादेशका लागि पहिलो इनिङमा शकिब अल हसनले ३२, मेहेदी हसन मिराजले नट आउट २७, लिटन दासले २२ तथा कप्तान नजमल हसन शान्टोले २० रन बनाए ।

भारतका जसप्रित बुमराहले ४, रविन्द्र जडेजा, आकाश दिप र मोहम्मद सिराजले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले रविचन्द्रन आश्विनको शतकमा पहिलो इनिङमा ३ सय ७६ रन बनाएको थियो ।

दोस्रो टेस्ट शुक्रवारबाट कानपुरमा सुरु हुनेछ । टेस्ट सिरिज पछि दुई टोलीबीच ३ वटा टि ट्वान्टी आई सिरिज हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.