default_image

1 year ago

September 22, 2024

अघिल्लो खेलको टोलीलाई निरन्तरता

2316 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग टुको खेलमा क्यानडाविरुद्ध ब्याटिङ गर्दैछ । नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालले बुधवार ओमानसँग खेलेको प्लेईङ-११ लाई निरन्तरता दिएको छ । लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको यो तेस्रो हो । नेपाल र क्यानडाबीचको खेल नेपाली समय अनुसार आइतवार साँझ ८ः४५ बजे किंग्स सिटी क्रिकेट मैदानमा सुरु हुनेछ ।

त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाको साथै ओमानको पनि सहभागिता छ । त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग हार बेहोरेको थियो ।

नेपालको प्लेइङ-११ आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.