1 year ago
September 22, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टुको क्यानडाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर ३८ रन मात्र बनाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । आसिफ २ रन बनाउँदै कलिम सानाको बलमा आउट भएका हुन् । आसिफ २ रन बनाउदै कलिम सानाको बलमा बोल्ड आउट भए ।
दोस्रो विकेटका रुपमा तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की सानाकै बलमा आउट भए । भीमले ४ रन मात्र बनाएका थिए । भीम विकेट किपर श्रेयस मोभ्भाबाट कट बिहाइन्ड भएका थिए ।
तेस्रो विकेटका रुपमा अर्का ओपनर अर्जुन साउद डेलिन हेलिगरको बलमा आउट भए । अर्जुनले १० रन जोडेका थिए । अर्जुन साद विन जाफरबाट समातिएका थिए । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल ४ रन बनाउँदै रन आउट भए ।
पाँचौ विकेटका रुपमा अनिल शाह १ रन बनाउदै प्रविन कुमारको बलमा आउट भए । अनिल लामो सट खेल्ने क्रममा बाउन्ड्रीमा हर्ष ठाकरबाट समातिए । क्रिजमा अहिले कप्तान गुलसन झा र आरिफ शेख ५ रनमा रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]