2 weeks ago
September 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले क्यानडामा जारी आइसिसी विश्व कप लिग टुको तेस्रो खेलमा पनि हार बेहोरेको छ । सोमवार विहान सम्पन्न खेलमा घरेलु टोली क्यानडासँग नेपाल ५ विकेटले पराजित भएको छ ।
१ सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाएर १ सय ८६ रन बनाउँदै लक्ष्य पूरा गरेको थियो । नाभिनित धालिवा र प्रगत सिंहको अर्धशतकको मद्दतमा क्यानडाले सहज जित निकालेको थियो ।
ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए । त्यसअघि अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
धालिवालले टोलीका लागि सर्वाधिक ८७ रन बनाएका थिए । १ सय १३ बल खेल्दै उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए । प्रगतले ८३ बलमा ७ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाएका थिए ।
हर्ष ठाकरले १३ रन जोडेका थिए । निकोलस र्कितनले नटआउट ११ रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले २ तथा करण केसी, गुलशन झा र ललित राजवंशीले समान १ विकेट लिएका थिए ।
किङ सिटीमा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ८१ रन मात्र बनाएको थियो । टोलीका लागि सन्दीपले ४८ बलमा सर्वाधिक ४९ रन जोडेका थिए । उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए । सन्दीपको ओडिआई करियरको यो उत्कृष्ट ब्याटिङ प्रदर्शन हो । यस अघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए ।
गुलशन झाले ५६ बलमा ३४ रन बनाएका थिए । सातौं विकेटका लागि आरिफ शेखसँग मिलेर गुलशनले ३४ रनको साझेदारी गरेका थिए । आरिफले ३३ बलमा १० रन मात्र बनाएका थिए ।
आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग ५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भएका थिए ।
ओपनर अर्जुन साउदले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । करणले २८ बलमा २४ रन बनाएका थिए ।
क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिएका थिए । यसअघिका नेपाल क्यानडासँग १ सय ३ तथा ओमानसँग १ विकेटले पराजित भएको थियो ।
त्रिकोणात्मक सिरिजमा सोमवार नेपाल र ओमानबीच खेल हुनेछ । ८ टोलीको सहभागिता रहेको लिग टुमा १४ अंकका साथ क्यानडा शीर्ष स्थानमा छ । ७ खेलमा २ अंकका साथ नेपाल अंकतालिकाको पुछारबाट दोस्रोमा छ । ६ खेलमा ओमानको ५ अंक छ ।
October 9, 2024
एजेन्सी – भारतले बंगलादेशविरुद्धको ३ टि ट्वान्टी आई सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा बुधवार बंगलादेशमाथि ८६ रनको सानदार जित निकाल्दै भारतले सिरिज जितेको हो । पहिलो खेल भारतले ७ विकेटले जितेको थियो । भारतको दिल्लीमा भएको खेलमा २ सय २२ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ […]
October 9, 2024
एजेन्सी – स्कटल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार समूह ‘बी’ मा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुँदै ८६ रन मात्र बनाउन सक्यो । स्कटल्यान्डका लागि काथरेनी […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना हुने १९औं द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागिता जनाउने भएको छ । नेपालको मुख्य टोली अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि पठाइने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने विश्वकप […]