1 year ago
September 23, 2024
एजेन्सी – आइसिसी विश्वकप लिग टुमा अमेरिकाले लगातार तेस्रो जित हासिल गरेको छ ।
नामिबियामा जारी त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा घरेलु टोलीलाई ७ विकेटले पराजित गर्दै अमेरिकाले आफ्नो जितको लयलाई निरन्तरता दिएको हो ।
पहिलो खेलमा नामिबियालाई नै पराजित गरेको अमेरिकाले दोस्रो खेलमा युएईमाथि जित हात पारेको थियो । आइतवार भएको खेलमा नामिबियाले दिएको २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अमेरिकालाई सहज जित निकाल्नेक्रममा आन्द्रेस गौस, साइतेजा मुककामल्ला र मिलान्ड कुमारले अर्धशतक बनाए ।
गौसले ६८ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ८१ रन जोड्दा मुककामल्लाले ७४ बलमा नट आउट ७९ र मिलान्डले ६६ बलमा नट आउट ७४ रन बनाए ।
कप्तान मोनाकं पटलले ४३ बलमा ३१ तथा ओपनर स्मिथ पटेलले १९ बलमा ९ रन जोडे । नामिबियाका लागि जान निकोल लेफ्टी इटन, पीटर डैनियल ब्लिगनौट र डाइलन लीचरले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनाएको थियो । नामिबियाका लागि माइकल भान लिगेन र जेजे स्मिटले अर्धशतक बनाएका थिए ।
लिगेनले ४४ बलमा सर्वाधिक ६७ तथा स्मिटले ८४ बलमा ६० रन जोडे । लेफ्टी इटनले ४७ बलमा ४९ तथा डाइलन लीचरले ३२ रन जोडे । अमेरिकाका लागि शाड्ली भानले ४ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिकेले समान १ विकेट लिए ।
जितसँगै अमेरिका ७ खेलमा ५ जितका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित नामिबिया ११ खेलमा ८ अंकका साथ पाँचौ स्थानमा छ । क्यानडामा लगातार तेस्रो हार निकालेको नेपालको ७ खेलबाट २ अंक अंक छ । नेपाल अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]