1 year ago
September 24, 2024
एजेन्सी – मिलान्ड कुमारको कीर्तिमानी शतकको सहयोगमा अमेरिकाले विश्वकप लिग टुमा लगातार चौथो जित हासिल गरेको छ ।
नामिबियामा जारी लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमा मंगलवार युएईलाई १ सय ३६ रनले हराउँदै अमेरिकाले लगातार चौथो जित निकालेको हो ।
३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको युएईले ३६.२ ओभरमा अल आउट हुदै २ सय ३ रन मात्र बनाउन सक्यो । टोलीका आसिफ खान, बासिल हमिद र राहुल चोपराले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।
राहुलले ४४ बलमा सर्वाधिक ५२, आसिफ खानले ४९ बलमा ५१ तथा बासिलले ४३ बलमा नट आउट ५० रन जोडे । कप्तान मोहम्मद वासिमले १२,आर्याशं शर्माले ११ तथा आयान खानले १० रन बनाए ।
अमेरिकाका लागि सौरभ नेत्राभाल्कर र नोष्तुश केन्जिकेले समान ३ तथा जसदिप सिंहले १ विकेट लिए ।
त्यसअघि युनाईटेड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३९ रनको विशाल योगफल तयार गरेको थियो । अमेरिकाका लागि साईतेजा मुककामल्ला र मिलान्डले शतकीय ईनिङ खेले ।
मिलान्डले १ सय १० बलमा १६ चौका र ५ छक्काको सहयोगमा नट आउट १ सय ५५ रन बनाए । मिलान्डले लिग टु कै इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर बनाए ।
यसअघि नामिबिया जेपी कोट्जेले अमेरिकाविरुद्ध यो कीर्तिमान बनाएका थिए । कोट्जेले नट आउट रहदै १ सय ३६ रन बनाएका थिए ।
मुककामल्लाले ९९ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय ७ रन बनाएका थिए । ओपनर स्मिथ पटेलले ५८ बलमा ४९ तथा आन्द्रेश गौस र कप्तान मोनांक पटेलले समान ५ रन बनाए ।
युएईका लागि आयान खानले २ तथा जुनैद सिद्धिकी र अलि नासिरले समान १ विकेट लिए ।
पहिलो खेलमा नामिबियालाई ६ विकेटले हराएको अमेरिकाले दोस्रो खेलमा युएईलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा अमेरिकाले फेरि घरेलु टोलीलाई ७ विकेटले पराजित गरेको थियो ।
अमेरिकाले नामिबियाको त्रिकोणात्मक ओडिआई सिरिजमा आफ्नो चार नै खेल जितेको छ । अब अमेरिकाको ८ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित युएई ६ खेलबाट २ अंक जोड्दै पुछारमा छ । समान २ अंक रहेको नेपाल भने पुछारबाट दोस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]