1 year ago
September 24, 2024
सुमन अधिकारी,बुटवल
लुम्बिनी प्रदेशस्तरीय अन्डर-१९ क्रिकेट टोली छनोटका लागि आयोजित प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पनि रुपन्देही विजयी भएको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा मंगलवार भएको खेलमा रुपन्देहीले पाल्पा यु–१९ लाई २ सय ९१ रनले पराजित गरेको हो । रुपन्देहीले पहिलो खेलमा नवलपरासीलाई हराएको थियो ।
टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ७३ रनको विशाल स्कोर खडा गरेको थियो ।
रुपन्देहीका लागि ४ जना खेलाडीले अर्ध शतक बनाएका थिए । रुपन्देहीका लागि विजय प्रजापतीले ९६, समिर अलीले ६८, सन्तोष साउदले ५७ र सन्तोष यादवले ५१ रन बनाएका थिए ।
बलिङमा पाल्पाका रोशन बश्याल, नरबहादुर सार्की र उदय महर्जनले समान २ तथा सुदर्शन भण्डारीले १ विकेट लिए ।
३ सय ७४ रनको लक्ष्यको लागि जवाफी ब्याटिङमा मैदान उत्रेको पाल्पा ३४.२ ओभरमा मात्र ८२ रन बनाउँदै अलआउट भयो ।
पाल्पा सस्तैमा रोक्ने क्रममा रुपन्देहीका रमेश कुर्मीले ३, सुमित पराजुली र सुरज खड्काले समान २–तथा सागर गैरे र सन्तोष यादवले समान १ विकेट लिएका थिए।
पाल्पाका अमित अधिकारीले ३३ र कुशल ढकालले १३ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा बनाउन सकेनन् । खेलमा रुपन्देहीका विजय प्रजापती प्लेयर अफ द म्याच घोषित भए ।
बुधवार रुपन्देही र कपिलबस्तुकाबीच खेल हुने छ ।
लुम्बिनी प्रदेशका ७ जिल्ला रुपन्देही, नवलपरासी, पाल्पा, कपिलबस्तु, बाँके, बर्दिया र दाङ सहभागी टिमलाई दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराएको प्रशिक्षक एंवम् पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले बताए ।
छनोटबाट लुम्बिनी प्रदेश स्तरीय यु-१९ क्रिकेट टोली तयार गरिनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]