1 year ago
September 25, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् । नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि १ सय ४७ अंकसहित ४१ औं वरियता नै छ ।
अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । अष्ट्रेलियाका क्यामरन ग्रीन ५२ औं स्थानमा छन् ।
अलराउन्डर तर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औं स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औं स्थानमा उक्लिएका छन् ।
आईसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत रहेका छन् । करणले ४ स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दै ८०औं स्थानमा रहेका छन् ।
नेपाली टिम भने १ स्थान तल झर्दै १७औं नम्बरमा पुगेको छ । क्यानडाले वरियतामा ४ स्थान सुधार गरेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]