1 year ago
September 26, 2024
एजेन्सी – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले युएईमाथि जित हासिल गरेको छ ।
१२औं खेलमा पाँचौ जित हात पार्ने क्रममा नामिबियाले युएईलाई बिहीवार ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
१ सय ९१ रनको लक्ष्य नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नामिबियाका मिचेल भान लिगेंन र कप्तान ग्रेहार्ड इरास्मसले अर्धशतक बनाए ।
लिगेंनले ४३ बलमा १२ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । कप्तान इरास्मसले ४६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा नट आउट ५९ रन बनाए ।
जेपी कोट्जेले ६३ बलमा ४० तथा जान ग्रीनले २१ बलमा नट आउट २१ रन जोडे । युएईका लागि विष्नु सुकुमार र बासिल हमिदले समान १ विकेट लिए ।
त्यसअघि वेन्डुरस क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ४३.२ ओभरमा अल आउट हुँदै १ सय ९० रनको योगफल तयार गरेको थियो ।
युएईका लागि अलि नासिरले ६२ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अलिशान सरफुले २६ बलमा ३१, विष्नु सुकुमारनले ४३ बलमा ३०, आसिफ खानले ६२ बलमा २६ तथा बासिल हमिदले १५ बलमा १३ रन बनाए ।
नामिबियाका लागि जेजे स्मिटले ३, टान्जेनी लुंगामेनी र बर्नार्ड शोल्ट्ज समान २ तथा बेन सिकागो, शान फुचे र कप्तान ग्रेहार्ड इरास्मसले समान १ विकेट लिए ।
जितपछि १२ खेलमा ९ अंकका साथ नामिबिया चौथो स्थानमा छ । युएई ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ । क्यानडा ११ खेलमा १४ अंक सहित शीर्ष स्थानमा छ ।
नेपालसहित ८ टोली सहभागी लिग टुमा हरेक टोली २०२७ सम्ममा ३६ ओडिआई खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष ४ टोलीले २०२७ मा हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् । बाँकी चार टोलीले भने विश्वकप छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]