1 year ago
September 26, 2024
एजेन्सी – विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाले युएईमाथि जित हासिल गरेको छ ।
१२औं खेलमा पाँचौ जित हात पार्ने क्रममा नामिबियाले युएईलाई बिहीवार ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
१ सय ९१ रनको लक्ष्य नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नामिबियाका मिचेल भान लिगेंन र कप्तान ग्रेहार्ड इरास्मसले अर्धशतक बनाए ।
लिगेंनले ४३ बलमा १२ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । कप्तान इरास्मसले ४६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा नट आउट ५९ रन बनाए ।
जेपी कोट्जेले ६३ बलमा ४० तथा जान ग्रीनले २१ बलमा नट आउट २१ रन जोडे । युएईका लागि विष्नु सुकुमार र बासिल हमिदले समान १ विकेट लिए ।
त्यसअघि वेन्डुरस क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ४३.२ ओभरमा अल आउट हुँदै १ सय ९० रनको योगफल तयार गरेको थियो ।
युएईका लागि अलि नासिरले ६२ बलमा ६१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अलिशान सरफुले २६ बलमा ३१, विष्नु सुकुमारनले ४३ बलमा ३०, आसिफ खानले ६२ बलमा २६ तथा बासिल हमिदले १५ बलमा १३ रन बनाए ।
नामिबियाका लागि जेजे स्मिटले ३, टान्जेनी लुंगामेनी र बर्नार्ड शोल्ट्ज समान २ तथा बेन सिकागो, शान फुचे र कप्तान ग्रेहार्ड इरास्मसले समान १ विकेट लिए ।
जितपछि १२ खेलमा ९ अंकका साथ नामिबिया चौथो स्थानमा छ । युएई ७ खेलमा २ अंकका साथ तालिकाको पुछारमा छ । क्यानडा ११ खेलमा १४ अंक सहित शीर्ष स्थानमा छ ।
नेपालसहित ८ टोली सहभागी लिग टुमा हरेक टोली २०२७ सम्ममा ३६ ओडिआई खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष ४ टोलीले २०२७ मा हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउँने छन् । बाँकी चार टोलीले भने विश्वकप छनोटमा स्थान बनाउँन प्लेअफ खेल्नु पर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]