1 year ago
September 27, 2024
एजेन्सी – तीन ब्याटरको शतकमा श्रीलंकाले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ ।
दुई टेस्ट सिरिजका लागि न्युजिल्यान्ड श्रीलंका भ्रमणमा छ । पहिलो खेल ६३ रनले जित्दै घरेलु टोलीले सिरिजमा १-० को अग्रता बनाएको छ ।
गालेमा टस जितेर ब्याटिङको सुरुवात गरेको घरेलु टोलीले पहिलो इनिङ ५ विकेट गुमाएर ६ सय २ रन बनाउदै इनिङ समाप्तीको घोषणा गर्यो ।
घरेलु टोलीका लागि विकेटकिपर दिनेश चन्डिमल, कमिन्डु मेन्डिस र कुशल मेन्डिसले शतक पूरा गरे।
कमिन्डुले २ सय ८५ बलमा नट आउट १ सय ८२, चन्डिमलले २ सय ८ बलमा १ सय १६ तथा कुशलले १ सय ४९ बलमा नट आउट १ सय ६ रन बनाए ।
त्यसअघि एन्जेलो म्याथ्युजले १ सय ८५ बलमा ८८, चन्डिमलले दोस्रो विकेटका लागि दिमुथ करुणारत्नसँग मिलेर १ सय २२ रनको साझेदारी गरे । करुणारत्ने १ सय ९ बलमा ४६ रन बनाउदै रन आउट भए।
पाहुना टोलीका लागि ग्लेन फिलिप्सले ३ तथा कप्तान टिम साउथीले १ विकेट लिए ।
शुक्रवार नै पहिलो इनिङ सुरु गरेको पाहुना टोलीले खराब सुरुवात गरेको छ । दोस्रो दिन सकिदा उसले २२ रन जोड्दा २ विकेट गुमाइसकेको छ । पाहुना टोलीका केन विलियम्स र अजाज पटेल क्रिजमा छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]