1 year ago
September 30, 2024
एजेन्सी – घरेलु टोली इङ्ग्ल्यान्डविरुद्धको ५ ओडिआई सिरिज अस्ट्रेलियाले ३-२ ले जितेको छ । पहिलो र दोस्रो अस्ट्रेलियाले तथा तेस्रो र चौथो खेल इङ्ल्याण्डले जितेको थियो थियो ।
आइतवार भएको अन्तिम तथा निर्णायक खेल अस्ट्रेलियाले ४९ रनले डिएलएस पद्धति जितेको हो । ३ सय १० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २०.४ ओभरमा २ विकेट गुमाएर १ सय ६५ रन बनाउँदा भारी वर्षाका कारण खेल रोकिएको थियो । वर्षा नरोकिएपछि अस्ट्रेलिया डिएलएस पद्दतीमा विजयी भयो ।

वर्षा अघि कप्तान स्टिभ स्मिथ ४८ बलमा ३६ तथा जोस इङ्ग्लिस २८ रनमा नट आउट थिए । त्यसअघि ओपनर म्याथ्यु शर्टले ३० बलमा ५८ तथा अर्का ओपनर ट्राभिस हेडले २६ बलमा ३१ रन जोडेका थिए । घरेलु टोलीका लागि बाइडोन कार्स र म्याथ्यु पोटले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको इङ्ल्यान्डले ४९.२ ओभरमा अल आउट हुँदै ३ सय ९ रनको विशाल योगफल बनाएको थियो । टोलीका ओपनर बेन डकेटले ९१ बलमा १३ चौका र २ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए।

कप्तान ह्यारि ब्रुकले ७२, फिल साल्टले ४५, आदिल राशिदले ३६ तथा ज्याकोब बेथहेलले १३ रन जोडेका थिए। अस्ट्रेलियाका ट्राभिस हेडले ४ तथा आरोन हार्डि, एडम जाम्पा र ग्लेन म्याक्सवेलले समान २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]