default_image

1 week ago

September 30, 2024

कर्णालीद्वारा आफ्नो नाम र लोगो सार्वजनिक

1095 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णालीले आफ्नो नाम र लोगो घोषणा गरेको छ ।

कर्णालीले सोमवार एक कार्यक्रममार्फत नाम र लोगोको घोषणा गरेको हो । टिमको नयाँ नाम कर्णाली याक्स रहनेछ ।

कर्णाली मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णाली याक्सको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ ।

लिगमा सहभागी रहने नेपाली खेलाडीका लागि भने दशैं अघि अक्सन हुने भनिए पनि मिति तय भएको छैन । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्ने छन् ।

October 9, 2024

विश्वकपबाट बाहिरिने पहिलो टोली बन्यो स्कटल्यान्ड

एजेन्सी – स्कटल्यान्ड युएईमा जारी रहेको महिला टि ट्वान्टी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । बुधवार समूह बी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकासँग ८० रनको अन्तरमा पराजित भएसँगै स्कटल्यान्ड यस विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १७.५ ओभरमा अल आउट हुदै ८६ रन मात्र […]

October 9, 2024

हङकङ सिक्सेसमा नेपालको बलियो टोली सहभागी हुने

काठमाडौं(हाम्रो खेलकुद) – आगामी महिना हुने १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा बलियो नेपाली टोलीले सहभागीता जनाउने भएको छ । नेपालको मुख्य टिम अमेरिकामा विश्वकप लिग टुको खेलमा व्यस्त रहने हुँदा दोस्रो रोजाइको बलियो नेपाली टोली प्रतियोगिताका लागि जाने नेपाल क्रिकेट संघ(क्यान) का प्रवक्ता छुम्बी लामाले बताए । ‘हाम्रो मुख्य टोली त्यस समयमा अमेरिकामा हुने […]

October 9, 2024

पाकिस्तानलाई इङ्ग्ल्यान्डको बलियो चुनौती

एजेन्सी – पाकिस्तानविरुद्ध इङ्ग्ल्यान्डले पहिलो टेस्टको पहिलो इनिङमा बलियो चुनौती पेश गरेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । घरेलु टोली पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरे पछि आफ्नो इनिङको सुरुवात गरेको पाहुना टोलीले तेस्रो दिनको समाप्तीमा ३ विकेट गुमाएर ४ सय ९२ रन जोडेको छ […]

Success

Thank you for your time.