1 year ago
September 30, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली कर्णाली याक्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र निर्देशक नियुक्त गरेको छ ।
कर्णाली याक्स ले सोमवारले लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रममार्फत मुख्य प्रशिक्षकमा मल्ललाई नियुक्त गरेको घोषणा गरेको हो ।
टोलीका सहायक प्रशिक्षकमा राजु बस्न्यातलाई कन्सल्टिङ कोच नियुक्त गरेको छ । एनपिएलमा सहभागी टिममध्ये कर्णाली याक्स प्रशिक्षक नियुक्त गर्ने पहिलो टोली हो ।

कर्णाली मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी रहेका छन् । कर्णालीको स्वामित्व हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्स प्रालिसँग रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको टुंगो लागिसकेको छ ।
लिगमा सहभागी रहने नेपाली खेलाडीका लागि आगामी आइतवार अक्सन हुने तय भएको छ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्धन गर्ने छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]