default_image

1 year ago

September 30, 2024

युएईमाथि अमेरिकाको पहिलो जित

796 views

0 Bookmark

एजेन्सी – अमेरिकाले टि ट्वान्टी आईमा युएईमाथि पहिलो पटक जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा अमेरिकाले युएईलाई १५ रनले हराएको हो ।

यसअघि भएको दुई भेटमा भने १ खेल युएईले जित्दा १ मा बराबरी भएको थियो । १ सय ७६ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।

टोलीका बासिल हमिदले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ४४ रन जोडे । बिष्नु सुकुमारनले २२ बलमा ७ चौकाको सहयोगमा ३६ तथा अलिशान सरफुले १२ बलमा २१ रन बनाए ।

मोहम्मद फारुकीले १८ तथा आसिफ खानले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

अमेरिकाका लागि अषिशेक पदारकारले ३, नोस्तुश केन्जिके र हरमित सिंहले समान २ तथा जसदिप सिंहले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको थियो ।

अमेरिकाका लागि ओपनर साईतेजा मुककामल्लाले ५४ बलमा ७ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ८५ रन बनाए ।

शायन जाहाँगिरले १९, आन्द्रेस गौसले १७ तथा स्मिथ पटेलले ११ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

युएईका लागि अलि नासिरले ४, मोहम्मद जगदुल्लाले २ तथा बासिल हमिद, जुनैद सिद्धिकी र आयान खानले समान १ विकेट लिए ।

जित पछि तीन टोली सम्मिलीत टि ट्वान्टी सिरिजमा अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । २ खेल खेलेको युएई दोस्रो स्थानमा छ । आइतवार युएईले नामिबियालाई पराजित गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.