1 year ago
October 1, 2024
एजेन्सी – क्यानडामा जारी टि ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा ओमानले घरेलु टोलीमाथि फराकिलो जित हात पारेको छ ।
मंगलवार बिहान सम्पन्न खेलमा ओमानले क्यानडामाथि ८ विकेटको जित निकालेको हो । १ सय ७ रनको लक्ष्य ओमानले १५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
ओमानको जितमा कप्तान अकिब इल्यासले ४६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५३ तथा शोयब खानले ३१ बलमा नट आउट ३० रन बनाए ।
कश्यप प्रजापतीले १३ तथा जिशान मक्सुदले नट आउट २ रन जोडे । क्यानडाका लागि डिलेन हेलिगरले १ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा क्यानडा टस हारेर ब्याटिङको निम्ता पाएकोमा १९.५ ओभरमा अल आउट हुदै १ सय ६ रनमा समेटिन पुग्यो ।
क्यानडाका लागि कप्तान निकोलस किर्तनले सर्वाधिक १८, साद विन जाफरले १५, हर्ष ठाकर र श्रेयश मोभ्भाले समान १४ तथा अखिल कुमारले नट आउट १० रन बनाए ।
ओमानका लागि करिमुल्लाह, फैयज बट र अकिब इल्यासले समान २ तथा रफिउल्लाह, सकिल अहमद र जिशान मक्शुदले समान १ विकेट लिए ।
सिरिजमा सहभागी नेपाल सहितको तीनै राष्ट्रको दुई खेलबाट समान २ अंक भएको छ । नेपालले सिरिजको तेस्रो खेलमा मंगलवार घरेलु टोली क्यानडाको सामना गर्दैछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]