default_image

1 year ago

October 1, 2024

बंगलादेशविरुद्धको सिरिजमा भारतको क्लिन स्विप

437 views

0 Bookmark

एजेन्सी – बंगलादेशविरुद्धको २ खेलको टेस्ट सिरिजमा भारतले क्लिन स्विप गरेको छ । सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको थियो ।

पाँचौं तथा अन्तिम दिन मंगलवार दोस्रो टेस्ट ७ विकेटले जित्दै भारतले सिरिजमा क्लिन स्विप गरेको हो । पहिलो टेस्ट भारतले २ सय ८० रनले जितेको थियो ।

९५ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । घरेलु टोलीलाई जित दिलाउन ओपनर यशस्वी जैसवालले ५१ रनको अर्धशतकीय इनिङ खेले ।

विराट कोहलीले नट आउट २९ तथा कप्तान रोहित शर्माले ८ रन जोडे । बंगालादेश मेहिदी हसन मिराजले २ तथा तैजुल इस्लामले १ विकेट लिए ।

पहिलो इनिङमा ५२ रनले पछि परेको बंगालादेशले दोस्रो इनिङमा १ सय ४६ रन मात्र जोड्न सक्यो । टोलीका लागि ओपनर शाद्मान इस्लामले ५०, मुस्फिकुर रहिमले ३७, कप्तान नजमुल हुसैन शान्टाले १९ तथा जाकिर हसनले १० रन जोडे ।

घरेलु टोलीका लागि रविन्द्र जडेजा, जसप्रित बुमराह र रविचन्द्रन आश्वीनले समान ३ तथा आकाश दिपले १ विकेट लिए ।

पहिलो इनिङमा भारतले ५२ रनको अग्रता कायम गर्दै ९ विकेट गुमाएर २ सय ८५ रन जोड्दा पारी समाप्तीको घोषणा गरेको थियो ।

पहिलो इनिङमा घरेलु टोलीका लागि ओपनर यशस्वी जैसवालले ७२, केएल राहुलले ६८, विराट कोहलीले ४७, शुभमन गिलले ३९ तथा कप्तान रोहित शर्माले २३ रन बनाएका थिए।

पाहुना टोलीका लागि मेहिदी हसन मिराज र शकिब अल हसनले समान ४ तथा हसन मेहमुदले १ विकेट लिए ।

त्यसअघि कानपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगालादेश २ सय ३३ रनमा समेटियो । टोलीका लागि मोमिनुल हकले १ सय ७ रनको शतकीय इनिङ खेल्दा कप्तान नजमुल हुसैन शान्टोले ३१ रन जोडेका थिए।

शद्मान इस्लामले २४, मेहिदी हसन मिराजले २० तथा लिटन दासले १३ रन बनाए । घरेलु टोलीका लागि जसप्रित बुमराहले ३ तथा आकाश दिप, मोहम्मद सिराज र रविचन्द्रन आश्विनले समान २ विकेट लिएका थिए ।

दुई टोलीबीच आइतवारबाट ३ वटा टि ट्वान्टी सिरिज सुरु हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.