default_image

1 year ago

October 1, 2024

एनपिएलका टिम मालिक सार्वजनिक

3082 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) का ८ टोलीका मालिक सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ एक कार्यक्रम आयोजना गर्दै टिम मालिकको नाम सार्वजनिक गरेको हो।

सोही कार्यक्रममा ८ टोलीको लोगो पनि प्रदर्शन गरिएको थियो। यद्दपी अधिंकाश टोलीले‌ केही दिन यता टोलीको नाम र लोगो सार्वजनिक गरिसकेका छन्।

अधिकांश टिमका मालिकहरूले क्रिकेटमा लगानी गर्नुलाई देशप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए। धेरैले यो सुरूवातको लागि क्यान नेतृत्वलाई धन्यवाद दिए। क्यानका सचिव पारस खड्काले सहकार्यका‌ लागि टिम मालिकहरूलाई धन्यवाद दिए।

मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलको चर्चा अहिले निकै चुलिएको छ। यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो। आइतवार नेपाली खेलाडीको अक्सन हुने बताइएको छ।

८ टोलीले एनपिएलको टिम खरिदका लागि कुल १६ करोड ८८ लाख ९३ हजार २ सय ३१ रुपैंयाँ खर्चेका थिए।

एनपिएलका ८ टोलीका मालिक र तीनका कम्पनी

टिम- काठमाडौं गुर्खाज
टिम मालिक – कैलाश सिरोहिया ,उपेन्द्र महतो, अरूण सर्राफ
कम्पनी – नेपाल स्पोर्टस डेभलपमेन्ट भेन्चर प्रालि
मार्की खेलाडी – करण केसी
टिम खरिद रकम – ३ करोड ३३ लाख ३ हजार ३३९

टिम – पोखरा एभेन्जर्स
टिम मालिक – सुबोद त्रिपाठी, मन्त्री बल श्रेष्ठ
कम्पनी– नेपाल टी-ट्वान्टी क्रिकेट लिमिटेड
मार्की खेलाडी– कुशल भुर्तेल
टिम खरिद रकम -३ करोड ५७ लाख रुपैयाँ

टिम – चितवन राइनोज
टिम मालिक– हरिश चन्द्र न्यौपाने, आयुश न्यौपाने
कम्पनी– चितवन मेडिकल कलेज
मार्की खेलाडी – कुशल मल्ल
टिम खरिद रकम – १ करोड ७६ लाख १ हजार रुपैयाँ

टिम – विराटनगर किंग्स
टिम मालिक – पारस लुनिया
कम्पनी – एमएडु ड्रिम्स स्पोर्टस
मार्की खेलाडी – सन्दीप लामिछाने
टिम खरिद रकम – १ करोड ५१ लाख रुपैयाँ

टिम – लुम्बिनी लायन्स
टिम मालिक – इश्वर जीसी
कम्पनी – फर्चुन हेल्थ केयर
मार्की खेलाडी – रोहित पौडेल
टिम खरिद रकम – १ करोड ७६ लाख ४ रूपैयाँ

टिम – जनकपुर बोल्ट्स
टिम मालिक – अमित श्रेष्ठ
कम्पनी – ड्रिम स्पोर्ट्स
मार्की खेलाडी – आशिफ शेख
टिम खरिद रकम – २ करोड ५ लाख रुपैयाँ

टिम – कर्णाली याक्स
टिम मालिक – झनक दत्त खनाल , ग्रिहेन्द्र घिमिरे
कम्पनी – हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स‌
मार्की खेलाडी – सोमपाल कामी
टिम खरिद रकम – १ करोड ११ लाख ७० हजार रुपैयाँ

टिम- सुदुर पश्चिम रोयल्स
टिम मालिक – स्वतन्त्र प्रताप शाह
कम्पनी– एम्पायर स्पोर्ट्स
मार्की खेलाडी – दीपेन्द्र सिंह ऐरी
टिम खरिद रकम – १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.