default_image

1 year ago

October 2, 2024

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा टमाटा नियुक्त

1172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले आफ्नो मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहिसकेका टमाटालाई सुदूरपश्चिमले यो जिम्मेवारी दिएको सामाजिक संजाल मार्फत जानकारी गराएको हो । क्लबले टमाटालाई मुख्य प्रशिक्षकका रुपमा भित्राउन पाउदा खुसी लागेको बताएको छ

‘टमाटा नेपाली क्रिकेट प्रतिभाको विकास र युवा खेलाडीलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धताका लागि चिनिन्छन् । उनको प्रशिक्षण शैली अनुशासन, प्रविधि र टिमवर्कमा केन्द्रित छ, जसले नेपालको उदीयमान क्रिकेट राष्ट्रको रूपमा विकास गर्न योगदान पुर्याउँछ। उनकै नेतृत्वमा सुदूरपश्चिम रोयल्सले आगामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्नेछ,’ सुदूरपश्चिम रोयल्सले भनेको छ ।

सुदूरपश्चिम रोयल्सले लोगो यसअघि नै सार्वजनिक गरिसकेको छ । सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् । सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोट्स म्याजमेन्ट प्रालिसँग रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । ८ टोलीको मार्की खेलाडीको‌ टुंगो लागिसकेको छ । नेपाली खेलाडी छनोटका लागि आगामी असोज २० मा अक्सन हुनेछ । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.