default_image

1 year ago

October 2, 2024

एनपिएल अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने

2961 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणका लागि हुने अक्सनमा १ सय ४२ खेलाडी सहभागी हुने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान) ले बुधवार अक्सनमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गरेको हो ।

क्यानले असोज ५ गते देखि असोज १२ सम्म खेलाडीलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । एक साताको अवधीमा कुल ४ सय २६ नेपाली खेलाडीले अक्सनको लागि आफ्नो नाम दर्ता गराएका थिए ।

नाम दर्ता गराएका खेलाडीहरुलाई क्यानले सर्ट लिस्ट गरि १ सय ४२ खेलाडीको अन्तिम सुची प्रकाशित गरेको हो । जसमा क्याटागोरी ‘ए ‘ २७, ‘बी’मा ३८ र ‘सी’ मा ७७ जना खेलाडी समावेश छन् ।

तर, ४ सय २६ जनामा रहेका मध्ये कुनै खेलाडीलाई लिगमा सहभागी ८ टिमले राख्न चाहेमा शुक्रवारसम्ममा अधिकतम ३ खेलाडीको नाम बुझाउन सक्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।

लामाले भने, ‘क्यानको केन्द्रीय सम्झौतामा रहेका, हाल प्रदेशबाट खेल्ने र विभिन्न समयमा प्रदेश टोलीलाई प्रतिनिधित्व गरेका खेलाडीहरुलाई एनपिएल आयोजक समिति र क्यान अन्तर्गतको प्राविधिक समितीले छनोट गरि अन्तिम १ सय ४२ खेलाडीको सुची तयार गरेको हो।’

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुको अक्सन आइतवार काठमाडौंमा हुनेछ । लिगमा सहभागी रहने विदेशी खेलाडी भने टिमले सिधै अनुबन्ध गर्न पाउनेछ । ८ टोली सहभागी रहने एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.