default_image

1 year ago

October 3, 2024

ओमान माथि नेपालको अर्को जित, रोहितको अर्धशतक

7666 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा बुधवार नेपालले ओमानलाई ५६ रनले हराएको छ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। सिरिजमा नेपालको यो दोस्रो जित हो।

म्याप्ल लिफ नर्थ वेस्ट ग्राउन्डमा जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७. ५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रनमा समेटियो।

खराब सुरूवात गरेको ओमानले २१ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो। पहिलो २ ॐविकेट रिजन ढकालले लिंदै नेपाललाई राम्रो सुरूवात दिलाए। उनले कश्यप प्रजापतिलाई २ र सोएब खानलाई ९ रनमा आउट गरे।

यसपछि कप्तान अकिब इलियास र जेसन मक्सुदले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। यो साझेदारीलाई सन्दीप लामिछानेले तोडे। अकिब  २२ रनमा सन्दीपको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए। यतिखेर ओमानले ६१ रन बनाएको थियो।

यसपछि ओमानले निरन्तर अन्तरालमा विकेट गुमायो। थप ४० रन मात्र जोड्ने क्रममा बाँकी ७ विकेट खेर फाल्यो। यसपछि जेसनले ३५ रन बनाए। उनी कप्तान रोहितद्वारा कट एण्ड बोल्ड भए। प्रतिक अथाभालेले १२ रम बटुले। तीन खेलाडी बाहेक अन्यले दोहोरो रन लिन सकेनन्।

बलिङमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए। मात्र ११ बलमा १० रन खर्चेर ३ विकेट आफ्नो नाममा लेखाए। रोहित , सन्दीप र रिजनले सामन २ विकेट झारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रनको योगफल खडा गरेको थियो।

१३ रन मात्र जोड्दा नेपालका ओपनर अनिल शाह ११ रनमा आउट भए। लगतै १६ रन जोडेर आशिफ शेख पनि पबिलियन फर्किए। देव खनाल पनि क्रिजमा जम्न सकेनन्। उनी १८ रनमा आउट भए ।

नेपालले तेस्रो विकेट गुमाउँदा ५५ रन बनाएको थियो। यसपछि कुशल मल्ल र रोहितले चौथो विकेटको लागि ५५ रनको साझेदारी गरे। कुशल १९ रन जोडेर आउट भए। रोहित क्रिजमा टिक्दै अर्धशतक प्रहार गर्न सफल रहे। उनले ४४ बलको सामन गर्दै २ चौका र ४ छक्का सहित अविजित ५६ रनको उत्कृष्ट पारी खेले।

गुलशन झा २, दीपेन्द्र सिंह ऐरी १ र कुशल भुर्तेल ११ रनमा आउट भए। बलिङमा फयाज बटले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। रोहित प्लेयर अफ दी म्याच बने।

जारी सिरिजमा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले ओमानलाई नै ३७ रनले हराएको थियो। नेपाल क्यानडासँग पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा १४ रनले हारेको थियो।

नेपालले दुई २ र २ हारपछि ४ अंक बनाएको छ। ३ खेल खेलेको ओमानसँग २ अंक रहेको छ। अब ओमान र क्यानडाबीचको खेल बाँकी छ। यो खेलको नतिजापछि सिरिज विजेताको निर्णय हुनेछ। ३ खेल खेलेको क्यानडाको ४ अंक छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.