1 year ago
October 6, 2024
काठमाडौं(हाम्रो खेलकुद) – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्थानिय टोलीलाई ५० ओभरको अभ्यास खेलमा पराजित गरेको छ ।
टोरोन्टोको किंग सिटीमा भएको खेलमा नेपाल २० रनले विजयी भयो । १ सय ७७ रनको लक्ष्य पछ्याएको क्यानडाको स्थानिय टोलीले ४५.३ ओभरमा अल आउट हुदै १ सय ५६ रन मात्र जोड्न सक्यो ।
स्थानिय टोलीका ओलिभर कक्सले ७८ बलमा सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमदले ५७ बलमा ३६ रन जोडे। ओपनर युवराज शर्माले ३१ बलमा २३ रन जोड्दा कप्तान अलि नदिमले २८ बलमा २० रन बनाए ।
नेपालका ललित नारायण राजवंशी र गुलशन कुमार झाले समान २ तथा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अल आउट हुनु पुर्व १ सय ७६ रन जोड्यो ।
नेपालका लागि कप्तान सोमपाल कामीले ३३ बलमा सर्वाधिक ३१, दीपेन्द्रसिंह ऐरीले ४० बलमा २७, ओपनर अनिल शाहले २५ तथा आरिफ शेखले १८ रन जोडे ।
स्थानिय टोलीका लागि इरफान सदात, शहिद अहमदजाइ, सुखजिन्दर सिंह र निशान्त भार्गभले समान २ तथा शिल पटेल रराना सलमानले समान १ विकेट लिए ।
विश्वकप लिग टुका लागि अमेरिका जानु अघि नेपालले अभ्यास खेल खेलेको हो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]