1 year ago
October 7, 2024
सुबास हुमागाईं, काठमाडौं
नेपाल प्रिमियर लिग (एनपिएल) मा देशभरका ८ सहरको प्रतिनिधित्व गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले फ्रेन्चाइज घोषणा गरेको थियो । क्रिकेटको क्रेज रहेका मुख्य ८ क्षेत्रलाई समेट्नुको कारण त्यस क्षेत्रको क्रिकेटलाई थप बढावा दिनु र स्थानीय स्तरमा खेलाडी विकासमा योगदान दिनु थियो ।
सहभागी फ्रेन्चाइजहरुले आइतबार सम्पन्न अक्सनबाट पहिलो सिजनका लागि टोली निर्माणको लागि खाका तयार गरेका छन् । अब अक्सनमा अनुबन्ध गरेका नेपाली खेलाडी हेरेर नै टोलीहरुले विदेशी खेलाडी अनुबन्धन प्रक्रिया अघि चाल्नेछन् । यसपटक अधिकांश फ्रेन्चाइज टोलीले स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्दै टोली निर्माण गर्ने बताएका थिए । त्यसमा धेरैजसो फ्रेन्चाइज सफल पनि भएका छन् ।
विराटनगर किंग्सले अक्सनबाट १० मध्य कुनै खेलाडी आफ्नो क्षेत्रको अनुबन्ध गरेन । पूर्वका खेलाडीमा सुदुरपश्चिम आफैंले अनुबन्ध गर्ने चाहना नै देखाएन । अक्सनमा पूर्वबाट मात्र २ खेलाडी बिक्दा एक खेलाडीमा मात्र विराटनगरले खरिद गर्ने इच्छा देखायो ।
यू-१९ सुपरस्टार दीपेश कँडेललाई विराटनगरले अनुबन्ध गर्न इच्छा नै देखाएन । यसकारण पनि उनी न्यूनतम मूल्य ५ लाख रुपैयाँमा काठमाडौं गुर्खाजमा पुगे । दीपेशमाथि अन्य टोलीको बोली नलाग्दा अक्सन हलमा धेरै आश्चर्यमा परेका थिए ।

पूर्वका अर्का खेलाडी ललित नारायण राजवंशीमाथि विराटनगरले बोली त लगाएको थियो । तर राष्ट्रिय टोलीकै मूख्य बायाँ हाते स्पिनर उनलाई अन्य टोलीले पनि खरिद गर्ने चाहना राखे । जसकारण ६ टोलीले अधिकतम मूल्य १५ लाख खर्चने चाहना व्यक्त गर्दा गोलाप्रथामा जनकपुर बोल्ट्स भाग्यमानी सावित भयो ।
एक समय नेपालको घरेलु क्रिकेटमा राज गरेको पूर्व क्षेत्र पछिल्लो समय भने कमजोर प्रदर्शनको कारण आलोचित हुँदै आएको छ । पछिल्लो प्रधानमन्त्री कपमा टोलीले सुरुवाती ८ खेल हार्दै लिगको अन्तिम खेलमा लुम्बिनी प्रदेशमाथि एकमात्र जित दर्ता गरेर फर्किएको थियो ।
टोलीको कमजोर प्रदर्शन भएपनि उच्च प्रदर्शन गरेका सुजन थपलिया भने नेपाल ए को टोलीमा परेका थिए । यसपटक अक्सनमा सुजन र दीपेश विराटनगरले चाहेको भए अनुबन्ध गर्न सक्ने खेलाडी थिए । राष्ट्रिय टोलीको क्याम्पमा बलिङ गर्दै घरेलु क्रिकेटमा नाम बनाएका कमल खत्रीको नाम पनि चर्चामा थियो । तर विराटनगरले त्यसमा ध्यान दिएन ।
विराटनगरले आफ्नो टोलीमा मृनाल गुरुङ, दीपक बोहोरा, नरेन भट्ट जस्ता खेलाडी अनुबन्ध गर्दा स्थानीय प्रदेशका सुजन, कमल, अंकित सुवेदी, फिर्दोस अन्सारी लगायत खेलाडीमा जोखिम लिन चाहेन जबकी अन्य प्रदेशबाट सुरुवाती रोजाइमा खेल्न संघर्षरत खेलाडी भने टोलीमा समेटेको छ ।

विराटनगरमा स्थानीय खेलाडीको शून्यता छाउँदा सुदुरपश्चिमले भने ठिक विपरित अक्सनमा अनुबन्ध गरेको १० मध्य ५ खेलाडी स्थानीय राखेको छ । त्यसो त अक्सनमा बिकेका ८० मध्य २२ खेलाडी सुदुरपश्चिम प्रदेशका थिए । नेपाली क्रिकेटको उर्वर भूमि सुदूरपश्चिम नै हो भन्ने कुरालाई पनि अक्सनले थप प्रमाणित गरेको छ । यहाँसम्मकी एनपिएलका सबै फ्रेन्चाइज टोलीमा कम्तिमा एकजना सुदुरपश्चिमका खेलाडी रहेका छन् ।

अक्सनमा बिकेका ८० खेलाडीमध्य २२ जना सुदुरपश्चिम प्रदेशका छन् । त्यसपछि बागमतीका १५, लुम्बिनीका १४ र मधेशका १३ खेलाडी विक्री भएका छन् । गण्डकीबाट ५ खेलाडी र कर्णालीबाट ५ जनाले एनपिएल खेल्नेछन् । पूर्वको कमजोर अवस्था यस्तो छ की विदेशमा क्रिकेट खेल्ने ३ खेलाडी अक्सनमा विक्री हुँदा पूर्वबाट मात्र २ खेलाडी अक्सनमा बिकेका छन् ।
पोखराले न्युजिल्यान्डमा खेलिरहेका दिनेश खरेल र अष्ट्रेलियामा खेलिरहेका सुनम गौतम भित्र्याउँदा काठमाडौंले पनि अष्ट्रेलियामै व्यस्त रहेका विवेक केसीलाई अनुबन्ध गर्यो । विदेशमा रहेर खेल्ने खेलाडी विक्री हुँदा नेपालमै रहेर क्रिकेटमा भविष्य खोजिरहेका खेलाडी नबिक्दा पूर्वको क्रिकेट निकै कमजोर रहेको प्रमाणित गर्न थप बल पुगेको छ ।
स्थानीय खेलाडी अनुबन्ध गर्ने हकमा सुदुरपश्चिमले निकै राम्रो उदाहरण दिएको छ । त्यसो त आफ्नो क्षेत्रमा क्रिकेट चलायमान हुनुले पनि फ्रेन्चाइजलाई सहयोग पुगेको छ । अब लोकल आइकोनिक प्लेयर अनुबन्धमा पनि सुदूरलाई सहज हुने अनुमान रहेको छ ।

चितवनले अक्सनमा आफ्नो क्षेत्रको ३ खेलाडी भित्र्याउन सफल रह्यो । जनकपुरले पनि अनिल शाह, रुपेश सिंह र अरनिको यादवलाई अनुबन्ध गर्यो । कर्णालीले प्रदेश कप्तान रविन्द्र जंग शाही नल्याएपनि अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिश विक्रम सिंहलाई भित्र्याएर आफ्नो रणनीति र स्थानीय सहभागितालाई न्याय दियो ।
काठमाडौंले सुमित महर्जनको रुपमा आफ्नो क्षेत्रको एकमात्र खेलाडी टोलीमा समेट्यो । लुम्बिनीले दुर्गेश गुप्ता र अभिशेष गौतमलाई टोलीमा राखेको छ । पोखराले प्रदेशको कप्तानी गरिसकेका विपिन खत्री र अमृत गुरुङ अनुबन्ध गर्यो ।
स्थानीय खेलाडी अनुबन्ध गर्नाले खेलाडीले टिमप्रति अपनत्व महसुस त गर्छन् नै, फ्रेन्चाइजहरुलाई पनि स्थानीय रुपमा आफ्नो समर्थक बटुल्न सहज हुन्छ । पहिलो सिजन टियु मैदानमा हुने भएपनि भविष्यमा क्यानले प्रतियोगिता आयोजना पनि विकेन्द्रीकरण दिर्घकालिन योजना पक्कै बुनेको छ । सुदुरपश्चिम रोयल्सले पहिलो कदममै यसतर्फ राम्रो पाइला चालेको छ ।
विराटनगरले भने अब स्थानीय स्तरमा ग्रासरुट क्रिकेट विकास गर्ने र उपलब्ध खेलाडीलाई राम्रो प्रशिक्षण क्याम्प राख्न सहयोग गर्ने हो भने केही वर्षमा प्रतिनिधित्व प्रतिशतमा राम्रो सुधार ल्याउन सक्नेछ ।
आफ्नो क्षेत्रका खेलाडी अनुबन्ध गर्न नपाएको पिडालाई अब क्रिकेट विकासमा योजना ल्याएर पूर्ति गर्न सके विराटनगरले स्थानीय खेलाडी र क्रिकेटप्रेमीबाट अझ बढी साथ पाउनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]