1 year ago
October 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ।
उच्च अदालतको फैसला चित बुझेको कारण पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका सूर्यराज दाहालले बताए।
असोज १० गते सन्दीप विरूद्धको उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको हो। उक्त मुद्दामा सरकारी पक्षले पुनरावेदन नगर्ने निर्णय गरेपछि उच्च अदालत पाटनको फैसला यथावत रहनेछ।
सन्दीप विरूद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला उच्च अदालत पाटनले गरेको थियो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना, ५ लाख क्षतिपूर्ति तिराउने र गौशाला-२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो। काठमाडौं जिल्ला अदालतको सो निर्णय विरूद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए।
गौशला-२६ लाई बलात्कार गरेको अभियोगमा सन्दीप विरूद्ध २०७९ भदौ २१ गते उजुरी परेपछि गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
सन्दीप हाल राष्ट्रिय टोलीका साथ क्यानडामा छन्।
–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]