1 year ago
October 9, 2024
एजेन्सी – पाकिस्तानविरुद्ध इङ्ग्ल्यान्डले पहिलो टेस्टको पहिलो इनिङमा बलियो चुनौती पेश गरेको छ । ३ टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ ।
पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरे पछि आफ्नो इनिङको सुरुवात गरेको पाहुना टोलीले बुधवार तेस्रो दिनको समाप्तीमा ३ विकेट गुमाएर ४ सय ९२ रन जोडेको छ ।
टोलीका जो रुट र ह्यारी ब्रुक क्रिजमा नट आउट रहेका छन् । रुट १ सय ७६ रनमा तथा ब्रुक १ सय ४१ रनमा नट आउट छन् ।
त्यसअघि बेन डुकेटले ८४ तथा ओपनर ज्याक क्रलीले ७८ रन जोडे । घरेलु टोलीका लागि शाहिन शाह अफ्रिदी, नसिम शाह र आमिर जमालले समान १ विकेट लिए ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको थियो ।
घरेलु टोलीका कप्तान शान मक्सुद, आगा सलमान र अब्दुल्लाह शफिकले शतकीय पारी खेलेका थिए । तेस्रो दिनको खेल सकिदा पाहुना टोली पहिलो इनिङमा ६४ रनले पछि रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]