1 year ago
October 9, 2024
एजेन्सी – पाकिस्तानविरुद्ध इङ्ग्ल्यान्डले पहिलो टेस्टको पहिलो इनिङमा बलियो चुनौती पेश गरेको छ । ३ टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ ।
पाकिस्तानले पहिलो इनिङमा ५ सय ५६ रनको योगफल तयार गरे पछि आफ्नो इनिङको सुरुवात गरेको पाहुना टोलीले बुधवार तेस्रो दिनको समाप्तीमा ३ विकेट गुमाएर ४ सय ९२ रन जोडेको छ ।
टोलीका जो रुट र ह्यारी ब्रुक क्रिजमा नट आउट रहेका छन् । रुट १ सय ७६ रनमा तथा ब्रुक १ सय ४१ रनमा नट आउट छन् ।
त्यसअघि बेन डुकेटले ८४ तथा ओपनर ज्याक क्रलीले ७८ रन जोडे । घरेलु टोलीका लागि शाहिन शाह अफ्रिदी, नसिम शाह र आमिर जमालले समान १ विकेट लिए ।
पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको थियो ।
घरेलु टोलीका कप्तान शान मक्सुद, आगा सलमान र अब्दुल्लाह शफिकले शतकीय पारी खेलेका थिए । तेस्रो दिनको खेल सकिदा पाहुना टोली पहिलो इनिङमा ६४ रनले पछि रहेको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]