default_image

1 year ago

October 15, 2024

पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा

2826 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । समूह ए को आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो ।

सोमवार दुबईमा भएको खेलमा १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन बनाउँदै अल आउट भयो ।

पाकिस्तानका लागि कप्तान फतिमा सानाले २३ बलमा सर्वाधिक २१ तथा ओपनर मुनिबा अलिले ११ बलमा १५ रन बनाईन् । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका लागि अमिला केरले ३ तथा इडन कारसनले २ विकेट लिईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । न्युजिल्यान्डका लागि सुजिइ बेटसले २९ बलमा सर्वाधिक २८ तथा ब्रुक हलिडेले २४ बलमा २२ रन जोडिन् ।

पाकिस्तानका लागि नर्शरा सन्धुले ३ तथा सदिया इकवाल, निशा दर र ओमिमा सोहिलले समान १ विकेट लिइन् ।

न्युजिल्यान्ड ४ खेलमा ३ जितका साथ समूह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि नै शतप्रतिशत जित निकाल्दै अस्ट्रेलिया समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

समूह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । समूह बी को विजेता र उपविजेता भने मंगलवार हुने वेस्ट इन्डिज र इङ्ग्ल्यान्डबीचको खेल पछि तय हुनेछ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.