1 year ago
October 15, 2024
एजेन्सी – न्युजिल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । समूह ए को आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो ।
सोमवार दुबईमा भएको खेलमा १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन बनाउँदै अल आउट भयो ।
पाकिस्तानका लागि कप्तान फतिमा सानाले २३ बलमा सर्वाधिक २१ तथा ओपनर मुनिबा अलिले ११ बलमा १५ रन बनाईन् । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
न्युजिल्यान्डका लागि अमिला केरले ३ तथा इडन कारसनले २ विकेट लिईन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । न्युजिल्यान्डका लागि सुजिइ बेटसले २९ बलमा सर्वाधिक २८ तथा ब्रुक हलिडेले २४ बलमा २२ रन जोडिन् ।
पाकिस्तानका लागि नर्शरा सन्धुले ३ तथा सदिया इकवाल, निशा दर र ओमिमा सोहिलले समान १ विकेट लिइन् ।
न्युजिल्यान्ड ४ खेलमा ३ जितका साथ समूह ए को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । यसअघि नै शतप्रतिशत जित निकाल्दै अस्ट्रेलिया समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
समूह ए बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । समूह बी को विजेता र उपविजेता भने मंगलवार हुने वेस्ट इन्डिज र इङ्ग्ल्यान्डबीचको खेल पछि तय हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]