default_image

1 year ago

October 16, 2024

अमेरिकी क्रिकेटर आन्द्रेसले पोखराबाट एनपिएल खेल्ने

2544 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले अमेरिकी क्रिकेटर आन्द्रेस गौसलाई टोलीमा भित्र्याएको छ ।

पोखराले पहिलो विदेशी खेलाडीको रुपमा गौसलाई टोलीमा अनुबन्ध गरेको हो । गौसले अमेरिकाका लागि २० टि ट्वान्टी आईमा ५ सय ९८ रन बनाएका छन् । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । गौस एनपिएलमा अनुबन्ध हुने पहिलो विदेशी खेलाडी हुन् ।

असोज २० गते नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए । ३० वर्षिय गौसले खुसी व्यक्त गर्दै भिडियो सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउन लागेको र नेपालमा खेल्न उत्साहित रहेको बताएका छन् ।

गौसलाई वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग(सिपीएल), ग्लोबल टि ट्वान्टी क्यानडा, मेजर लिग क्रिकेट, इन्टरनेशनल लिग टि ट्वान्टी लिग खेलेको अनुभव छ ।

यो वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना भएको टि ट्वान्टी विश्वकपमा गौस अमेरिकाको लागि सर्वाधिक रन जोड्ने खेलाडी रहेका थिए । उनले ६ खेलमा १५१.०३ को स्ट्राइट रेटमा २ सय १९ रन बनाएका थिए । प्रतियोगितामा गौसले दुई अर्धशतक समेत बनाएका थिए । टि ट्वान्टी विश्वकपमा अमेरिकाले सुपर ८ मा प्रवेश गर्दै ऐतिहासिक नतिजा निकालेको थियो ।

पोखरा एभेन्जर्स टिम:

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.