default_image

1 year ago

October 17, 2024

महिला विश्व कप – पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

681 views

0 Bookmark

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदैछ । युएईको दुबई क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया अपराजित रुपमा समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको हो । समूह चरणमा अस्ट्रेलियाले भारत, पाकिस्तान, न्युजिल्यान्ड र श्रीलंकालाई पराजित गरेको थियो ।

दक्षिण अफ्रिकाले समूह चरणको ४ मध्ये ३ खेल जित्दै समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणमा दक्षिण अफ्रिका इङ्ग्ल्यान्डसँग पराजित हुँदा बंगलादेश, स्कटल्यान्ड र वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।

अघिल्लो संस्करणको विश्व कपमा फाइनलमा भिडेका अफ्रिका र अस्ट्रेलिया यस संस्करणमा सेमिफाइनलमा नै आमने सामने हुन लागेका हुन् । दक्षिण अफ्रिकामा आयोजना भएको अघिल्लो संस्करणमा घरेलु टोलीलाई १९ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको थियो ।

शुक्रवार हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता वेस्ट इन्डिज र समूह ए को उप विजेता न्युजिल्यान्डबीच खेल हुनेछ । दुवै सेमिफाइनलका विजेताबीच आइतवार फाइनल खेल हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.