1 year ago
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ ।
डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार गर्यो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । पाँचौ विकेटका लागि कप्तान पौडेलले दीपेन्द्रसिंह ऐरीसँग मिलेर ६६ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । ऐरी सौरभ नेत्राभाल्करको बलमा आरोन जोन्सबाट समातिए । ऐरीले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।
नेपालको पहिलो विकेटका रुपमा ओपनर अनिलकुमार शाह आउट भएका थिए । ओपनर शाह अमेरिकाका तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ४८ रन जोडेका थिए ।

खानको बलमा शाह एलबिडब्लु आउट भएका थिए । उनले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । एलबीडब्लु निर्णयमा विकेटकिपरले समेत अपिल नगरेको अवस्थामा अम्पायरले आउट दिएका थिए ।
अर्का ओपनर आसिफ बायाँ हाते स्पिनर हर्मित सिंहको बलमा आउट भए । उनी दशौँ ओभरको पहिलो बलमा आउट भएका थिए । आसिफले २७ बलमा २७ रन जोड्ने क्रममा ४ चौका प्रहार गरेका थिए ।
तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भएका थिए । कुशललाई अमेरिकाका बाँया हाते स्पिन बलर नोस्तुश केन्जिगेले आउट गराएका थिए । केन्जिगेको बलमा कुशल बोल्ड आउट भएका थिए । कुशल १३ बलमा १० रन बनाउँदै एघारौं ओभरको पहिलो बलमा आउट भएका थिए ।
त्यसपछि गुलशन झा ७ बलमा ११ रन बनाउँदै हर्मित सिंहको बलमा बोल्ड आउट भए । नेपालले पछिल्लो ८ बलमा ५ विकेट गुमाएको थियो । अमेरिकाका लागि जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]