1 year ago
October 18, 2024
एजेन्सी – रचिन रविन्द्रको शतक सहयोगमा पाहुना टोली न्युजिल्यान्डले भारतविरुद्ध पहिलो टेस्टको पहिलो इनिङमा फराकिलो अग्रता कायम गरेको छ ।
३ टेस्ट सिरिजका लागि भारत भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो इनिङमा ३ सय ५६ रनको अग्रता लिएको हो ।
वर्षाका कारण पहिलो दिनको खेल पूर्ण रुपले प्रभावित भएकोले दोस्रो दिन बिहीवार मात्र टस सम्भव भएको थियो । भारतको बेंगलुरुमा टस जितेर ब्याटिङ सुरुवात गरेको घरेलु टोली पहिलो इनिङमा ४६ रनमा समेटियो ।
बिहीवार नै पहिलो इनिङको सुरुवात गरेको पाहुना टोलीलेका रचिन रविन्द्र १ सय ३४ रनको शतकीय इनिङ खेल्दा ओपनर डेभन कन्वेले सर्वाधिक ९१, टिम साउथीले ६५, विल योंगले २९ तथा कप्तान टम लाथमले १५ रन जोडेका थिए ।
घरेलु टोलीका लागि रविन्द्र जडेजा र कुलदिप यादवले समान ३, मोहम्मद सिराजले २ तथा जसप्रित बुमराह र रविचन्द्रन आश्विनले समान १ विकेट लिए । आजै दोस्रो इनिङको सुरुवात गरेको घरेलु टोलीले तेस्रो दिनको खेल सकिदा ३ विकेट गुमाएर २ सय ३१ रन बनाएको छ ।
घरेलु टोलीका सरफराज खान ७० रन बनाएर क्रिजमा छन् । त्यसअघि विराट कोहली ७० तथा कप्तान रोहित शर्मा ५२ रन बनाउदै आउट भएका थिए । तेस्रो दिनको खेल सकिदा घरेलु टोली दोस्रो इनिङमा १ सय २५ रनले पछि रहेको छ ।
भारतका लागि २ ब्याटर बाहेक अन्यले दोहोरो अंक रन जोड्न नसक्दा ४ खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
भारतको टेस्ट इतिहासमा कुनै पनि इनिङमा बनेको यो तेस्रो कम योगफल हो । पहिलो इनिङमा भारतले बनाएको यो सबैभन्दा कमको योगफल हो ।
घरेलु टोलीका लागि विकेट किपर ब्याटर रिषभ पन्तले सर्वाधिक २० तथा ओपनर यशस्वी जैसवालले १३ रन जोडे । मोहम्मद सिराज ४ रनमा नट आउट रहे । भ्रमणकारी टोलीका लागि म्याट हेनरी १३।२ ओभरमा १५ रन खर्चिएर ५ विकेट लिए । विलियम ओरोर्कले ४ तथा टिम साउथीले १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]