default_image

1 year ago

October 20, 2024

‘डालसमा खेल्दा टियुमा खेलेको जस्तो फिल भयो’ – कुशल

1422 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका ब्याटर कुशल भुर्तेलले डालसको ग्राण्ड प्रेरीमा खेल्दा टियुमा खेलेको फिल भएको बताएका छन् ।

अमेरिकासँगको दोस्रो टि ट्वान्टीआईमा जित पश्चात आइतवार हाम्रो खेलकुदसँग कुरा गर्दै कुशलले यहाँ नेपाली टिमको समर्थन देख्दा टियु मै खेलिरहेको जस्तो अनुभव भएको बताएका छन् ।

‘लास्ट टाईम वल्डकपको समयमा एउटा वार्मअप सहित दुई खेल यस मैदानमा खेलेका थियौ । त्यसले सहयोग नै भयो ,’ कुशलले भने ‘क्राउडहरु टाढा टाढाबाट आउनु हुन्छ खुसी लाग्छ । टियुमै खेले जस्तो फिल हुन्छ ।’

अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले टि ट्वान्टी सिरिज जितेको थियो । अमेरिकालाई उसैको घरमा हराउँदा प्लेयर अफ द म्याच समेत बनेका कुशल शतक बनाउनलाई ८ रनले मात्र चुकेका थिए ।

‘सेन्चुरी भन्दा पनि टिमको टोटल १ सय ८० गराउने लक्ष्य रहेको थियो । त्यसमा चै सोचिरहेको थिए,’ कुशलले भने ‘सोमपाल दाई अनुभवी प्लेयर हुनु हुन्छ । ११ वर्ष देखि खेलिरहनु भएको छ । जसरी उहाँले पूरा खेलमा बलिङ गर्नुभयो त्योबाट हामीले आनन्द लियौं ।’

आफ्नो ब्याटिङ अर्डर परिवर्तन भए पनि खेल्ने तरिकामा भने परिवर्तन नभएको कुशलले बताए । टिमले पुरै सहयोग गरेकोले आफुले जुनै अर्डरबाट खेले पनि रन बनाउन लागि रहेको र आजको खेलमा रन बनाउँदा खुसी लागेको कुशलले बताए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.